• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ भाद्र २०७९, आईतवार


    बिज्ञापन
  • तेस्रो फ्रेण्डशिप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । तेस्रो फ्रेण्डशिप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । फ्रेण्डशिप तेक्वान्दो डोजाङ्ग टोखाको आयोजनामा टोखा नगरपालिका वडा नम्बर २ थरखेलमा अवस्थित आफ्नै कवद हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ१८ देखि ५५ के.जी ,  महिला तर्फ ३२ देखि ५०  के.जी तथा फ्री वयट पुरुष समुहका खेलाडीहरुले स्पाईरिङमा प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगितामा यन्सुद तेक्वान्दो डोजाङ्ग टिम प्रथम, मातातीर्थ तेक्वान्दो डोजाङ्ग दोस्रो र एन्जल हाटस् तेक्वान्दो डोजाङ्ग तेस्रो भएका थिए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फ दिक्क्षा राई (४२-४४ के.जी) र पुरुष तर्फ आयुष बलामी (३४-३६ के.जी) भएको फ्रेण्डशिप तेक्वान्दो डोजाङ्ग टोखाका अध्यक्ष सुशन श्रेष्ठले बताए ।

    विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथी टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    Facebook Comments Box