• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ भाद्र २०७९, बिहीबार


    बिज्ञापन
  • नयाँ किरणको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश दिने

    टोखा टाइम्स, २३ भाद्र, काठमाडौं । टोखा, गणेशस्थान स्थित नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

    सद्भाव बैक्वेटमा सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले सहकारीले रचनात्मक कार्यहरु गर्दै धेरै शेयर धनी सदस्यहरुको मन जित्न सकेकोमा सहकारीलाई बधाई तथा शुभकामना दिदैँ पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको उनको भनाइ थियो ।

    सहकारीहरु प्रति आम मानिसहरुको विश्वाष घटिरहेको परिपेक्षेमा टोखा नगरपालिका भित्र रहेका सहकारीहरुको स्तरोन्नती र समृद्धिका लागि टोखा नगरपालिकाले समय सापेक्ष कार्यक्रमहरुको आयोजना गरिदैँ आइरहेको बताए ।

    २०६४ सालमा महिला समुहले सञ्चालन गरेको कोपिला शिशु स्याहार केन्द्रलाई मन्टेश्वरीको रुपमा सञ्चालन गर्न भएको विशेष छलफलबाट सहकारी सञ्चालन गर्ने प्रारुप तयार भएको र सोही अनुरुप २०६४ भाद्र २३ गतेका डिभिजन सहकारी काठमाडौँमा दर्ता भई अच्यतानन्द राजोपाध्यको अध्यक्षमा नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाको शुरुवाट भएको सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सत्यनारायण डंगोले कार्यक्रममा बताए ।

    वार्षिक प्रतिग प्रतिवेदन प्रस्तुत गर्दै उन्ने भने- “२०६४ सालमा जम्मा  एक लाख पैसठी हजार सानो शेयर पूँजिबाट सञ्चालन गरेको संस्था आ.ब. २०७८/०७९ सम्म आइपुग्दा हामीले शेयर पूँजि चार करोड चौतीस लाख एकचालीस हजार छ सय पुर्‍याउन सफल भएका छौँ । तर, संस्थाले शेयर सदस्यहरुसँग शेयर पूँजि थप गर्नुभन्दा पनि नयाँ शेयर सदस्यको संख्यामा वृद्धि गर्दै लाने नीति लिएका छौँ । हामीले संस्थालाई नयाँ प्रविधिमा प्रवेश गराई अझ प्रविधि मैत्री बनाउने लक्ष्य राखेका छौँ ।सहकारीको विनियमले व्यवस्था गरेबमोजिम शेयर पूँजिको अनुपातमा निक्षेप संकलन सन्तोषजनक रुपमा बढाउन सकेका छैनौं । त्यसलाई सम्पुर्ण शेयर सदस्य महानुभावहरुले मनन् गर्नुहुनेछ र यो लक्ष्य वा उद्देश्य पूर्तिका लागि सम्पूर्ण शेयर सदस्य महानुभावहरु अझै क्रियाशिल भई सक्रिय सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा लिएका छौँ । साथै संस्थाको विभिन्न कोषहरुमा रहेको करौडौ रकमले के प्रमाणीत गर्दछ भने हाम्रो संस्थाको मेरुदण्ड अत्उन्तै दरिलो र मुजबुद छ भन्ने कुरा राख्न पाउँदा अत्यन्त खुशी लागेको छ ।”

    “सुरुवातमै ६५ जना शेयर सदस्यहरु भेला भई एक लाख पैसठी हजार शेयर पूँजिबाट  आजकै दिन डिभिजन सहकारी काठमाडौँमा दर्ता गरी यस संस्थाको स्थापना गरेको पनि आज १४ ‌औं वसन्त पार गरिसकेको अवस्था छ । आजको दिनसम्म संस्थालाई यो अवस्थामा ल्याउन नेतृत्व गर्नु भएका संस्थापक अध्यक्ष श्री अच्युतानन्द राजोपाध्याय, राधेश्यम श्रेष्ठ, अष्ट नारायण डंगोल, राष्ट्रमान श्रेष्ठ र तत्कालीन सम्पूर्ण सञ्चालक समिति, विभिन्न उपसमितिका संयोजक एवं सदस्यहरुलाई आजको शुभदिनमा स्मरण गर्दै उहाँहरु प्रति हृदयदेखि नै हार्दिक सम्मान र कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि कुशल नेतृत्वका लागि समर्थन र सल्लाह दिदै हौसला प्रदान गर्नु हुनेछ भन्ने आशा एवं विश्वासका साथ उत्कृष्ट संस्थाको रुपमा अगाडि बढाउने ढृढ संकल्प गर्दछौँ ।” उनले कार्यक्रको सम्बोधनका क्रममा भने ।

    त्यस्तै, उनले संस्थाले आ.व २०७८/०७९ मा टोखा ३ साविक सरस्वती गाविस ३ पलेखुशी मा पर्ने कि.नं. ३८ क्षेत्रफल ३८३.६० व.मी रहेको जग्गा संस्थाको भवन निर्माण प्रयोजनको लागि रु चार करोड आठ लाख मा जग्गा खरीद, शेयर पूँजि रु तीन करोड सत्सठ्ठी लाख त्रियानब्बे हजार सात सय ६६,४७,९०० थप गरी ४,३४,४१,६०० पुर्‍यान सफल भएका छौँ ।संस्थाको सदस्यतामा वृद्धि, दैनिक रुपमा निक्षेप संकलन गर्न जाने कर्मचारीहरुको सेवा सुविधा स्वरुप अनलाइन पोस्टिङ्ग प्रविधि अवलम्वन गर्दै आइरहेको, संस्थाको कार्यक्षेत्र टोखा नगरपालिकाको ११ वटै वडामा काउम गरी अगाडि बढ्ने, नयाँ किरण छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिदै ३ जनालाई छात्रवृत्ती प्रदान गरेको लगाएत महत्वपूर्ण कार्यहरु सभामा प्रस्तुत गरेका थिए ।

    संस्थाले आ.व. २०७९/०८० मा उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी व्यक्तिगत वा सामुहिक रुपमा व्यवसाय सञ्चालन गर्न सदस्यहरुलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने, लघुवित्त कार्यक्रमको नीति तथा कार्यविधी बनाई सञ्चालन गर्ने, संस्थाको कारोबारलाई आधुनिक प्रविधि मैत्री बनाउने, झोर सेवा केन्द्रमा रेमिटेन्स सञ्चालन गर्न प्रकृया अगाडि बढाउने,  शेयर पूँजि पाँच करोड पचास लाखसम्म पुर्‍याउने लक्ष्य लगायत योजना लिएको छ ।

    कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष बैकुन्ठलाल श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ सत्र करोड नौ लाख चालिस हजार एक सय चार पैसा चौध निक्षेप संकलन गर्न सफल भएको बताए । उक्त निक्षेप मध्य विभिन्न किसिमका ऋण सत्र करोड सत्र लाख तीस हजार छ सय तीन प्रवाह गरेकोमा उनानब्बे लाख सन्ताउन्न हजार छ सय सत्हत्तर पैसा छयासी खुद नाफा गर्न सफल भएको सभामा प्रस्तुत गरेका थिए ।

    साथै सभाले शेयरसदस्यहरुलाई २०% लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । २०% लाभांस मध्य प्रत्यक शेयरसदस्यहरुबाट २% लाभांस संस्थाको भवन निर्माणका लागि लगानी गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

    साधारण सभामा  नयाँ किरण छात्रवृत्ती कार्यक्रम अन्तरगत सरस्वती माद्यामिक विद्यालय टोखा तथा बैडेश्वर माद्यामिक विद्यालय झोरमा कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार छात्रछात्रा क्रमशः २ र १ जना गरी ३ जनालाई छात्रवूत्ती प्रदान गरिएको थियो । जसका लागि संस्थाका प्रवन्धक अच्युतानन्द राजोपाध्यार विद्यार्थी बीच लिखित सम्झोता सो कार्यक्रमका क्रममा प्रमुख अतिथि एवं नगरप्रमुख प्रकाश अधिकारीको साक्षिमा सम्पन्न भएको थियो ।

    त्यस्तै प्लस २ मा उत्तीण ३० जना संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई कार्यक्रममा प्रशंसा पत्र तथा नयाँ शेयर सदस्यहरुलाई शेयर प्रमाणपत्र वितरण गरिएको थियो ।

    संस्थाका सञ्चालक समितिका सचिव राधेश्याम श्रेष्ठले सञ्चालन गरेको  कार्यक्रममा टोखा नगरपालिकाका निवर्तमान उपप्रमुख ज्ञानमाया डंगोल, टोखा २ र ३ वडाका वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, टोखा नगर सहकारी शाखा प्रमुख कमला कार्की, संस्थाका प्रवन्धक अच्युतानन्द राजोपाध्य तथा सञ्चालक समितिका सदस्य विभिन्न उपसमितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box