काठमाडौं । काठमाडौं- ५ मा मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार ५०० मत गणना गर्दा प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल १३१ मत ल्याई अग्रस्थानमा छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेल १२१ मतका साथ दोस्रो स्थानमा छन् ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोल ४४ मतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका प्रणय राणा ४२ , सुशान्त श्रेष्ठ ३८ र श्रीराम गुरूङले ३५ मत प्राप्त गरेका छन् ।