• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० फाल्गुन २०७९, शनिबार


    बिज्ञापन
  • क्यानभासमा टोखाको संस्कृति, सम्पदा र पर्व

    टोखा टाइम्स, काठमाडौँ । टोखाको संस्कृति, सम्पदा र पर्वहरुलाई सयैं विद्यार्थीहरुले एक साथ क्यानभासमा उतारेका छन् ।

    सेभ एण्ड सस्टेन टोखाद्वारा शुक्रबार टोखाको थनेलाछीमा आयोजित टोखाको संस्कृति र सम्पदा शीर्षकमा अन्तर विद्यालयस्तरी चित्रकला प्रतियोगितामा टोखाको संस्कृति, सम्पदा र पर्वहरुलाई विद्यार्थीहरुले क्यानभासमा उतारेका हुन् ।

    टोखा नगरपालिकाको विशेष सहयोगमा आयोजित उक्त प्रतियोगितामा टोखा नगरपालिकामा रहेका विद्यालयका ११० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

    प्रतियोगितामा टोखा नगरपालिका वडा नं. २का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई चित्रलेखन सामग्री वितरण गर्दै कार्यक्रमको शुरुवाट गरेका थिए ।

    कला संस्कृतिलाई जीवन्त राख्‍ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    कार्यक्रममा टोखा कला पुचका सदस्य तथा मुर्तीका एवं चित्रकार सरोज श्रेष्ठ तथा रवी श्रेष्ठले चित्रकलाको महत्व र त्यसको भविष्यको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । साथै कला पुचः टोखाका शंख नारायण श्रेष्ठ, सरोज श्रेष्ठ, रवी श्रेष्ठ र सुरेम देशारको समुहले प्रतियोगितामा सहभागिहरुले लेखेका चित्रको मुल्याङ्कन गरेका थिए ।

    टोखाको संस्कृति र सम्पदाहरुको प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको नतिजा आगामी चैत्र ४ गते प्रदर्शनी कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्नुका साथै विजेताहरुलाई पुरस्कार वितरण गरिने आयोजक संस्थाका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए ।

     

    Facebook Comments Box