• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१२ चैत्र २०७९, आईतवार


    बिज्ञापन
  • टोखामा सहकारी व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गोष्ठी

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका सहकारी शाखाको आयोजनामा ‘सहकारी व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गोष्ठी’को शुभारम्भ भएको छ । सहकारी संस्थाका जिम्मेवार व्यक्तिहरू, नियामक निकाय तथा विषय विज्ञ एकै ठाउँमा बसेर सहकारी सम्बद्ध विविध पक्षहरूको आदानप्रदान गर्ने उद्देशका साथ सहकारी शाखाले दुई दिने अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको हो ।

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय शेर बहादुर बागचण्डको सभाध्यक्षतामा आईतबार ग्रीन ल्याण्डमा रहेको दैलो इभेन्टसमा आयोजना भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सांसद ज्ञान बहादुर तामाङले पानसमा दिपप्रज्वलन गरी गरेका थिए ।

    गोष्ठीको पहिलो चरणको उद्घटन कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारि, निवर्तमान उपप्रमुख ज्ञानमाया डंगोल, सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी, जिल्ला सहकारी संघ काठमाडौं टोखा नगरपालिका सहकारी समन्वय उपसमिति संयोजक विश्वराज श्रेष्ठ, सहकारी प्रशिक्षक कृष्ण प्रसाद आचार्य, टोखा सहकारी शाखा प्रमुख कमला कार्की उपस्थिति रहेका थिए । सो कार्यक्रमको सञ्चालन टोखा सहकारी शाखाका कम्प्युटर अपरेटर सुवास सापकोटाले गरेका थिए ।

    कार्यक्रममा टोखा नगरपालिका सरहकारी शाखाकी प्रमुख कमला कार्कीले स्वागत मन्तव्य राखेकी थिइन । त्यस्तै, नगर प्रमुख प्रकाश अधिकारी, निवर्तमान उपप्रमुख ज्ञानमाया डंगोल, सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी, जिल्ला सहकारी संघ काठमाडौं टोखा नगरपालिका सहकारी समन्वय उपसमिति संयोजक विश्वराज श्रेष्ठले आफ्ना मन्तव्य राखेका थिए ।

    सहकारी प्रशिक्षक कृष्ण प्रसाद आचार्यले दिएको दोस्रो चरणको प्रशिक्षण कार्यक्रममा टोखामा क्रियाशील सहकारी संस्थाका १०० भन्दा बढी जिम्मेवार पदाधिकारीहरूको  सहभागिता रहेको आयोजकले बताएका छन् । दैलो इभेन्टस् ग्रीन ल्याण्डमा भएको कार्यक्रम भोलि समापन्न हुनेछ ।

    टोखा नगरपालिकाले सहकारीको सहकारीको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न क्षमता अभिवृद्धि सम्बन्धि  तालिम, अन्तरक्रिया गोष्ठी समय समयमा आयोजना गर्दै आइरहेछ । हाल टोखा नगरपालिकामा ११० वटा सहकारी संस्थाहरू रहेका छन् ।

    Facebook Comments Box