• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ जेष्ठ २०८०, शनिबार


    बिज्ञापन
  • नेपालभाषा शिक्षण सहायक तालिम सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । टोखामा स्थानीय भाषामा लागू गरेको पाठ्यक्रम पठनपाठनको लागि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ सम्पन्न भएको छ ।

    टोखा नगरपालिकाले २ र ३ वडाका सामुदायिक र संस्थागत विद्यालयमा लागु गरेको पाठ्यक्रम पठनपाठन गराउन नेपालभाषा प्रशिक्षकको लागि पाँच दिने सहायक प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको हो ।

    टोखा नगरपालिकाको शिक्षा, खेलकुड तथा युवा शाखाको आयोजना तथा मातृभाषा संरक्षण अभियान टोखा र नेवाः ग्वाहालि पूचः टोखाको प्राविधिक सहकार्यमा सोमबारदेखि शुक्रबारसम्म टोखा – ३  वडा कार्यालयको सभाहलमा भएको प्रशिक्षण तालिममा २० जनाले सहभागिता जनाका थिए ।

    प्रशिक्षण तालिमको समापन कार्यक्रममा  मनतब्य राख्दै टोखा – ३ वडाका वडाध्यक्ष रमेश डंगोलले टोखाको भाषा, संस्कृति तथा सम्पदा संरक्षण गर्ने उद्देश्यले सुरु गरिएको स्थानीय नेपालभाषाकै पाठ्यक्रम पठनपाठन गर्ने गराउने कार्यमा २ र ३ वडाको विशेष सहयोग रहने बताउनु भयो ।

    उहाँले नेपालको संविधानले प्रदान गरेको भाषिक अधिकारलाई प्रयोग गर्दै भाषा संरक्षणको अभियानमा २ र ३ वडामा रहेका विद्यालयमा अनिवार्यरुपमा लागु गर्ने जानकारी दिनुभयो । आफ्नो कार्यकालमा कक्षा आठसम्म नेपालभाषा कक्षा अनिवार्य रुपमा लागु गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । मातृभाषा उथानका लागि सबै मिलेर आगाडि बढ्नु पर्नेमा समेत उहाँले जोड् दिनुभयो ।

    समापन कार्यक्रमका प्रमुख अतिथि टोखा-२ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले  पाठ्क्रम तथा पाठ्यपुस्तक तयारीका साथै नेपालभाषा विषय पठनपाठन गराउने शिक्षकशिक्षिकाहरुका लागि आवश्यक तालिम लगायतको व्यवस्थापनका लागि स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने कार्यक्रममा बताउनुभयो ।

    समापन कार्यक्रमका सभाध्यक्ष तथा टोखाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले नेपालको संविधानत् प्रदत्त भाषिक अधिकारको प्रयोग गर्दै टोखा नगरपालिकाले नेवाः समुदायको बाहुल्यता रहेको ऐतिहासिक शहर टोखामा गत वर्षदेखि कक्षा १ देखि ३ सम्म स्थानीय मातृभाषा (नेपालभाषा)बाट पठनपाठ सुरु गरेको बताउनुभयो ।

    शिकाईमा बहुभाषाको पठनपाठनले विद्यार्थीहरुको बौद्धिक क्षमतामा वृद्धि हुने भएकाले स्थानीयभाषा पढ्दैमा कसैलाई घाटा नहुने शिक्षा प्रमुख गौतमले जिकिर गर्नुभयो । उहाँले विद्यालयमा बहुभाषा स्थानीय भाषाको पाठ्यक्रम अध्ययन अध्यापन गराउन शिक्षकशिक्षिकाहरुको तयारी गर्दै आवश्यक अनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तको तयारी कार्य भैरहेको समेत जानकारी दिनुभयो ।

    नेपालभाषा पठनपाठन कार्यका लागि स्थानीय सरकारले शिक्षकशिक्षिकाहरुलाई आवश्यक तालिम तथा सामग्रीको व्यवस्था गर्नु पर्ने विद्यालयका शिक्षिका द्वय बिमला डंगोल र सञ्जु प्रधानले कार्यक्रमा बताएकी छन् ।

    उहाँहरुले सबै शिक्षकशिक्षिकाहरुको प्रतिनिधित्व जनाउँदै कार्यक्रममा स्थानीय सरकारले अनिर्वायरुपमा लागु गर्नुपर्ने सुझाव दिएकी छन् ।

    मातृभाषा संरक्षण अभियान टोखाका संयोजक श्रीकृष्ण मानान्धरले स्थानीय सरकारले विद्यालयहरुमा अनिवार्यरुपमा स्थानीय मातृभाषा पठनपाठन गराउनुपर्ने नीति बनाई कडाईका साथ लाग्नु पर्नेमा जोड्दिनुभयो । समयसमयमा अनुगवन गर्दै कमिकमजोरीहरुलाई निरुशाहित गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

    पाँच दिनसम्म सञ्चालन भको समापन कार्यक्रममा नेवाःग्वाहाली पुच टोखाका अध्यक्ष दिपेन्द्र डंगोल, मोडन नेवाः स्कुलका प्रधानाध्यापक तथा नेवाः बस्ती नेवाः स्कुल अभियानता दिपक तुलाधार र चण्डेश्वरी मा.वि.की सहायक देवकी रेग्मीले आआफ्ना अनुभव राख्दै आवश्य सुझाव दिएका थिए ।

    समापन कार्यक्रममा प्रशिक्षण तालिममा सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    पाठ्यक्रम निमार्ण भैनसकेका कारण हाल काठमाडौँ महानगरपालिकाले लागु गरेको पाठ्यक्रम नै पठनपाठन भैरहेको छ ।

    Facebook Comments Box