• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:११ असार २०८०, सोमबार


    बिज्ञापन
  • टोखा नगरपालिकाको नीति तथा कार्यक्रम पारित (पूर्णपाठ सहित)

    टोखा टाइम्स, टोखा। टोखा नगरपालिकाले नगरको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु  सर्वसमतले पारित गरेको हो ।

    उद्यमी सिर्जना, स्वरोजगार, हिलो, धुलो र खाल्डाखुल्डी रहित नगर, पछि परेका वर्गको सशक्तिकरण, रातभर झिलिमिलि र सुरक्षित शहर निर्माण, हरित शहर, सेवाग्राहीमैत्री शासन, मितव्ययीता, पारदर्शिता एवं उत्पादनमूलक खर्च प्रणाली टोखा नगरपालिकाका प्रमुख नीतिगत प्राथमिकता हुने र टोखा नगरपालिकाका बार्षिक नीति, कार्यक्रम तथा वजेट यीनै प्राथमिकतामा परिलक्षित हुने नगर प्रमुख अधिकारीले बताए ।

    उनले भने-‘नेपालको संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, प्रचलित कानुनी व्यवस्था, बजेट तर्जुमा दिग्दर्शन, अघिल्लो आ.व. को नीति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था, चुनावी घोषणापत्र, टोखा नगरपालिकाको मौलिक विशेषता, टोखा नगरपालिकाको आवधिक नगर विकास योजना र स्थानीय वासीहरूको आकाङ्क्षा, राजनैतिक दल, विषयविज्ञ, बुद्धिजिवी वर्ग र नागरिक समाजबाट प्राप्त सुझावहरू, विषयगत समितिको सिफारिस समेतको आधारमा टोखा नगरपालिकाको आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।’

    आइतबार नगर प्रमुख अधिकारीको अध्यक्षतामा  सद्भाव बैंक्वेट टोखामा सम्पन्न  नगरसभाको अधिवेशनमा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय प्रमुख शेर बहादुर बि‍.सी., कार्यपालिका सदस्य, ११ वडैका जनप्रतिनिधिहरु तथा कर्माचारीहरुको उपस्थिति रहेको थियो ।

    अधिवेशनमा लेखा, सुशासन, न्यायिक समिति लगायतका विषयगत समितिका संयोजकहरुले  प्रगती विवरण प्रस्तुत गरेका थिए । नगरप्रमुख तथा विषयगत समितिले प्रस्तुत गरेका विषयमाथी उपस्थित कार्यपालिका सदस्यहरुले आफ्ना राय, गुनासा तथा सुझाव राखेका थिए ।

    नगरपालिकाको चालु आ.ब. को जेठ मसान्तसम्म कूल आम्दानी रु. १ अर्ब ८४ करोड २३ लाख २५ हजार २३५ रुपैयाँ पैसा ११ मात्र भएको र व्यय तर्फ रु १ अर्ब २ करोड ३६ लाख 15 हजार २६ रुपैयाँ पैसा ३० खर्च रहेको छ ।

    आगामी आ.व. २०८०/८१ को नीति तथा कार्यक्रमको कार्यान्वयन पश्चात् नगरको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासनको क्षेत्रमा उल्लेख्य सुधार भई सामाजिक न्याय स्थापित हुने र नागरिकको जीवनस्तरमा सुधार हुनेछ नगर प्रमुख अधिकारीले बताए ।

    नगर प्रमुख अधिकारीले प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरपालिकाले हालसम्म प्राप्त गरेको उपलव्धीलाई संस्थागत गर्दै बिकास र समृद्धि मार्फत कला संस्कृतियुक्त, स्वच्छ, समुन्नत टोखा नगर निर्माण भई नेपाल सरकारले लिएको राष्ट्रिय दिर्घकालीन सोच समृद्ध नेपाल, सुखी नेपाली” हाँसिल गर्न योगदान पुग्ने अपेक्षा गरेको बताए ।

    उनले प्रस्तावित नीति तथा कार्यक्रममा सभाको पूर्ण समर्थन र कार्यान्वयनमा सबैवाट सक्रिय सहयोग प्राप्त हुने विश्वास लिएको समेत बताए ।

    नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आ.व. मा १ अर्व ८८ करोडको आय- व्ययको प्रक्षेपण गरिएको छ । नगरपालिकाले आ.व २०८०/८१ को बजेट घोषणा आगामी असार १४ गते गर्ने भएको छ ।

    नगर प्रमुख अधिकारीले  अधिवेशनमा प्रस्तु गरेका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु (पूर्णपाठ)

     

    Facebook Comments Box