• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१४ असार २०८०, बिहीबार


    बिज्ञापन
  • टोखा नगरपालिकाले ल्यायो १ अर्व ८८ करोडको बजेट

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । बिहीबार उपप्रमुख मुरारी तामाङले १३ औं नगरसभाको दोस्रो बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ ६२ करोड ३ लाख ७० हजार र पुँजीगततर्फ १ अर्ब २५ करोड ९६ लाख ३० हजार रुपैयाँ छ । कुल बजेटको चालुतर्फ ३२ दशमलव ९९ प्रतिशत र पुँजीगततर्फ ६८ दशमलव ०१ प्रतिशत बजेट विनियोजन गरिएको हो ।

    आगामी आर्थिक वर्षको लागि व्यहोर्ने स्रोततर्फ संघीय मार्फत ५३ करोड ७३ लाख ७८ हजार, प्रदेश सरकार मार्फत ११ करोड ५९ लाख २७ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर बापत २७ करोड, आन्तरिक एवं अन्य आयबाट २४ करोड ५२ लाख ९५ हजार, राजस्व बाँडफाँड (विभाज्य कोष)बाट १४ लाख, जन सहभागिताबाट १ करोड, र चालू आ.व. बाट अल्या हुने रकम ७० करोड व्यहोरिने बताइएको छ ।

    चालु आवमा नगरपालिकाले २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    Facebook Comments Box