टोखा टाइम्स, काठमाडौं – टोखा नगरपालिका वडा नम्बर २ ले सर्वाजनिक सुनुवाई कार्यक्रम गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले सूचना जारी गर्दै असार २५ गते सोमबार (भोलि) बिहान ७ बजेदेखि वडा कार्यालय परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको जानकारी दिएको हो ।
जारी सूचनामा भनिएको छ -‘यस टोखा नगरपालिका वडा नं. २ द्धारा सार्वजनिक सुनुवाइ कार्यक्रम राखिएको हुँदा उक्त कार्यक्रममा उपस्थित भइ दिनुहुन विभिन्न संघ संस्था, टोल विकास संस्था, महिला समूह, विभिन्न राजनिती दलका प्रतिनिधिज्यूहरू, बुद्धिजिवी लगायत सरोकारवालाहरूलाई जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’