• टोखा टाइम्स

    • प्रकाशित मिति:२५ श्रावण २०८०, बिहीबार


    बिज्ञापन
  • सपनतीर्थ क्षेत्र विकास समितिलाई टोखा नगरपालिकाको सहयोग

    टोखा टाइम्स, काठमाडौँ । टोखाको धार्मिकस्थलको रुपमा रहेको सपनतीर्थ मन्दिरको संरक्षण, सम्वद्धन तथा प्रवर्द्ध गर्ने उद्देश्यले स्थापना गरिएको सपनतीर्थ क्षेत्र विकास समिति द्यःखललाई टोखा नगरपालिकाले सामग्री सहयोग गरेको छ ।

    आज विहान एक कार्यक्रम बीच टोखा नगरपालिका- २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले सपनतीर्थ क्षेत्र विकास समिति द्यःखलको कार्यालय व्यवस्थापनको लागि नगरपालिकाले उपलब्ध गराएको सामग्री समितिका अध्यक्ष देवराज डंगोललाई हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा सम्बोधन गर्दै टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले टोखाको प्रसिद धार्मिकस्थल परिसरको विकास तथा संरक्षणका लागि वडा र नगरले सक्दो सहयोग गर्ने बचनवद्धता जनाए ।

    उनले वडाले बजेट राखिदिँदा समेत समितिहरुले निर्माणको काम नगर्ने तथा काम गर्दा नि आर्थिक अनिमियता गर्ने जस्ता कार्यभैरहेको प्रति गुनासा पोखे । धार्मिक तथा सांस्कृतिक सम्पदा तथा सामाजिक कार्य गर्दा मन ठुलो बनाएर सबै मिलिजुली काम गर्नु पर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।  

    मन्दिर परिसरमा रहेको सिद्ध पोखरीको परम्परागत स्वरुमा पुनर्निर्माण, थप शौचालय निर्माण, मन्दिरको उत्तरतर्फ रहेको पुरानो पार्टीको पुनर्निर्माण तथा आवश्यक संरचना निर्माण गर्न स्थानीय सरकारले अझै सहयोग गर्नु पर्ने बताए । साथै, मन्दिर परिसर क्षेत्रको करिडोरको मापदण्ड निर्धारण गर्ने, परिसर वरिपरी निर्माण गरिने भौतिक संरचना तथा घरहरुको मापदण्ड निर्धारण गर्न आवश्यक भएको जिकिर गरे ।

    समितिका अध्यक्ष देवराज डंगोलले स्थानीय, संघीय तथा केन्द्रीय मातहतका विभिन्न विभाग मन्त्रालयको पहलमा आवश्यक बजेटको व्यवस्थापन गरी मन्दिर परिसरमा विभिन्न भौतिक संरचना पुर्वाधार निर्माण कार्यभैरहेको छ ।

    समितिका पुर्वअध्यक्ष एवम् सल्लाहकार अष्टनारायण डंगोलले पोखरीको लागि आवश्यक पर्ने पानीका लागि डिप वोरिङ्ग अहिलेको आवश्यकता भएको भन्दै यसको व्यवस्थापनका लागि वडाध्यक्षको ध्यानाकर्षण गराए । उनले टोखामा रहेको सम्पुर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको स्थानीय सरकारले विशेष प्राथमिकतामा राखि बजेटको व्यवस्थान गर्नु पर्ने सुझाए ।

    नगरपालिकाले समितिलाई कम्प्युटर १ थान, प्रीन्तर १ थान, अफिस टेवल २ थान, घुम्ने मेच २ थान, प्लाष्टिक मेच २० थान, स्टिल डराज ३ थान, स्प्रे मेसिन १ थान, घाँस काट्ने मेसिन १ थान सामग्री सहयोग गरेको हो ।

    https://www.facebook.com/subindras/videos/606908354859344
    Facebook Comments Box