• टोखा टाइम्स

    • प्रकाशित मिति:११ भाद्र २०८०, सोमबार


    बिज्ञापन
  • जीवन त बग्नुपर्छ नदी जस्तै..!

    टोखा टाइम्स, काठमाडौं । भनिन्छ , मान्छेको मनले सदैव नयां र नौलो कुरा खोजिरहेको हुन्छ।एकनासको जीवन खल्लो र पट्यारलाग्दो हुने भएकोले मान्छेको मनले दैनिक जीवनमा विविधता खोज्दछ । त्यसैले मान्छे नयां सिर्जना, नयां खोज र अनुसन्धान गर्न अघि सर्दछन्। यही कारणले गर्दा विश्वमा नयां आविष्कार हुंदै गइरहेका छन्। वास्तवमा जीवन त बग्नुपर्छ खोलाको पानी बगे जस्तो , जीवन त दगुर्नु पर्छ म्याराथुन दौड जस्तो , अनि मात्र मन खल्लो हुंदैन, अनि मात्रै कौतुहलताले रोमान्चक ल्याउछ मनमा। फूल फल्छ, विविधताको खोलो बग्दछ जीवनमा गतिमयताको।

    “हालै नेपाल आर्ट काउन्सिलमा टॅागिएका सौरगॅगाको कलाकृर्तिमा आंखा दौडाएपछि उपयुर्त्ति तर्कना “Life is like a stream “ शीर्षक मनमा उब्जिन्छ। किनभने आफ्नो जीवनको दृश्य चित्र कोर्न खप्पीस कलाकारमा रूपमा केही दशक देखि परिचित कलाकार सौरगंगा यसपटक क्यानभासमा सिर्जिएका कलाकृर्तिले पुरानो छविलाई विस्तारै विर्साउने तर्खरमा रहे जस्तो देखिन्छ। यस पटकको समयको अन्तरालमा सौरगंगाको छवि “Life is like a stream “ नामक कला प्रदर्शनीको माध्यमबाट पुरानो कांचुली बदलेर नयां चोला आवरण गर्ने कलाकारको जिज्ञासा उनका कलाकृर्तिहरूले स्पस्ट प्रस्तुत गरेका छन्।

    “ जिन्दगी कसरी बित्यो भन्ने पत्तै पाएन। म कहिलेकांही बाल्यकालमा फर्कन्छु । जहां मैले हांसीखुशी बिताएकी थिएं। जीवन मैले बुझेकी छु। त्यो समय अब फेरि फर्केर आउदैनन्। जब सम्म मेरो यो कला रहन्छ तबसम्म म यो आर्टले मलाई जीवित राखिराख्नेछ। “ सौरगंगा भन्छिन। – हिक्मत डंगोल

    Facebook Comments Box