• टोखा टाइम्स

    • प्रकाशित मिति:१३ भाद्र २०८०, बुधबार


    बिज्ञापन
  • गुंपुन्ही टोखा विशेषः जात्रा अवधिभर बस्तीमा सवारी साधन प्रबेश निषेध (तालिका सहित)

    टोखा टाइम्स, काठमाडौं । ऐतिहासिक साँस्कृतिक संरक्षित क्षेत्र टोखा नगरीको मौलिक परम्परागत धार्मिक तथा सास्कृतिक पर्व अन्तर्गत संचालन हुने गुंपुन्हि, सापारु र वाः पिइगु (रोपाई जात्रा) पर्व अवधिभर टोखा बस्ती भित्र सवारी साधन प्रबेश निषेध गर्ने भएको छ ।

    टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै भनेको छ,-‘सदा भै यस वर्ष पनि संचालन हुने गुपुन्हि, सापारु, वा पिइगु (रोपाई जात्रा) पर्व हुने भएकोले सो समयमा ऐतिहासिक साँस्कृतिक परिक्रमा हुने मूल बाटोमा सवारी पाकिङ्ग तथा आवागमन नगरी/नगराई दिनुहुन सम्पूर्ण तोखाबासी तथा आगन्तुकहरुमा विनम्र अनुरोध छ ।’

    समय तालिका

    मिति : २०८० भाद्र १४ गते बिहीबार

    पुन्हि स्वाँ छायगु – (बिहान ९: ३० देखि १२:०० सम्म)

    स्थान : टोखा वस्ती साँस्कृतिक परिक्रमा बाटो पुरा

    मिति : २०८० भाद्र १५ गते शुक्रबार

    सापारु (गाईजात्रा)– बिहान १०:०० बजे देखि दिउसो ३ बजेसम्म

    धान बिउ छर्ने कार्यक्रमहरु (बेलुका ५:०० बजे देखि ७:०० बजे सम्म)

    स्थान : टोखा वस्ती साँस्कृतिक परिक्रमा बाटो पुरा

    मिति : २०८० भाद्र १६ गते शनिबार

    वा पिइगु (रोपाई जात्रा) तथा विविध ख्याली कार्यक्रम

    (बिहान ९:०० बजे देखि बेलुका ७ बजे सम्म)

    स्थान : टोखा वस्ती साँस्कृतिक परिक्रमा बाटो पुरा (गेट देखि सरस्वती चौर परिसर भुतखेल पिगन्द्यो सम्मको बाटो ।)

    सूचना

    Facebook Comments Box