• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० भाद्र २०८०, बुधबार


    बिज्ञापन
  • विष्णाप सहकारीको साधारण सभा सम्पन्न, १८% लाभांश पारित

    टोखा टाइम्स, काठमाडौं । विष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १८ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । मंगलबार टोखाको सद्भाव बैक्वटमा भएको सभाले आर्थिक वर्ष ०७९/०८० असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

    कार्यक्रमको प्रमुख अतिथि टोखा नगरपालिकाको उपप्रमुख मुरारी तामाङले शुभकामन दिँदै नियम नीति भन्दा व्यवस्थापन समितिको नियत राम्रो हुनु पर्ने बताए । स्थानीयले सञ्चालन गरेको सहकारी भन्दा गलत नियतका साथ वाहिरीया व्यक्तिहरुले सञ्चालन सहकारीहरुको नगरपालिकामा उजुरी आइरहेको जानकारी दिँदै बचत कर्ता सतर्क हुन उनले आग्रह गरे । टोखा नगरपालिकाले सहकारी शाखासँग सहकार्य गरी स्थानीय स्तरमा सहकारी सम्बन्धी नीति नियम छिट्टै तयार गर्ने उपप्रमुख तामाङले प्रतिबद्धता जनाए ।

    टोखा सहकारी शाखा प्रमुख कमला कार्कीले पछिल्लो समयमा आर्थिक संकटका कारण धेरै सहकारी संस्थाहरु धरासायी बन्दै गएको बताइन् । उनले अहिलेको अवस्था जटिल बन्दै गएको भन्दै सदस्यहरुले आफुलाई सुखदुखमा साथ दिएका विश्वासिलो सहकारी संस्थामा आर्थिक करोवार गर्नु पर्नेमा जोड दिइन् । उनले विष्णाप सहकारीले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

    सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष बाबुराज डंगोलले संस्थाको आर्थिक कारोवार र भावी लक्ष्यबारे जानकारी गराँउदै शेयर सदस्यहरुलाई सहकारी शिक्षा, सूचना र तालिमको माध्यमबाट वित्तिय परामर्श सेवा प्रदान गरी जागरण ल्याउन चेतनाको वृद्धिको लागि प्रतिवद्ध रहेको कुरा जानकारी गराए ।साथै उनले संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह समेत गरे ।

    कार्यक्रममा संस्थाका सञ्चालक समितिका कोषाध्यक्ष साहिला डंगोल, लेखा सुपरिवेक्षण समितिका सानुबाबु श्रेष्ठ, र सञ्चालक समितिका प्रबन्धक श्रीकृष्ण डंगोलले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संस्थाको चालु आ.व. मा ३ करोड १३ लाख ६१ हजार ७ सय ५० रुपैँया शेयरपूँजी, ३ करोड ८४ लाख ९२ हजार ३ सय ९३ रुपैँया निक्षेप र ६ करोड २७ लाख ३५ हजार ५६ हजार ५६ रुपैँया ऋण लगानी र ३१ लाख ४ हजार ६ सय ५१ रुपैँया ९१ पैसा जगेडा कोष तथा अन्यकोष रहेको छ ।

    विष्णाप स्मारिका विमोचन तथा खेलाडि सम्मान

    संस्थाले सहकारीको ११ ‌औं स्थापना दिवस तथा १० औं वार्षिक साधारण सभाको अवसरमा विष्णाप स्मारिका विमोचन तथा खेलाडिहरुको सम्मान गरेका छन् । सो स्मारिका संस्थाका निवर्तमान अध्यक्ष रामराज श्रेष्ठको सम्पादनमा प्रकाशित गरिएको हो ।

    संस्थाले टोखाका विभिन्न खेल विधाका राष्ट्रिय स्तरका खेलाडिहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा अमन महर्जन (ब्याटमिन्टन), रोहित श्रेष्ठ (u-१६ फुटबल), रोहन डंगोल (u रग्बी), आदेश डंगोल (रग्बी), सलिना श्रेष्ठ (रग्बी), पञ्चमाय श्रेष्ठ (रग्बी), खुसी डंगोल (क्रिकेट) र सुमित्रा डंगोल (सेर्पाटाकुर) रहेका छन् । साथै, उत्कृष्ठ कारोबार गर्ने शेयरधनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

    संस्थाका सञ्चालक समितिका सचिव रामकाजी श्रेष्ठले सञ्चालन गरेको  कार्यक्रममा टोखा नगरपालिका ३ वडा कार्यालय सचिव सानु श्रेष्ठ, संस्थाका उपाध्यक्ष शान्ताकाजी श्रेष्ठ, संस्थापक अध्यक्ष नवीन डंगोल, निवर्तमान अध्यक्ष रामराज श्रेष्ठ, सल्लाहकार नानीबाबु डंगोल, हरि श्रेष्ठ, संस्थाका प्रवन्धक श्रीकृष्ण डंगोल तथा सञ्चालक समितिका सदस्य विभिन्न उपसमितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    तस्वीरः सुकराम श्रेष्ठ Tokha Photo Studio कार्यक्रमको थप फोटोहरु

    Facebook Comments Box