• टोखा टाइम्स

    • प्रकाशित मिति:२२ भाद्र २०८०, शुक्रबार


    बिज्ञापन
  • टोखामा मनाइयो कृष्ण जन्माष्टमी (तस्बिरहरु)

    टोखा टाइम्स, काठमाडौं। टोखामा कृष्ण जन्माष्टमी मनाइएको छ ।  कृष्ण जन्माष्टमीको दोस्रो दिन टोखावासीले श्रीकृष्ण खट जात्रा गरी कृष्ण जन्माष्टमी मनाएका हुन्।

    भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व टोखाका दाफा भजन खलःहरुद्वारा रातभरि जाग्राम बसी भगवान् श्रीकृष्णको पूजा आराधना गरी भोलिपल्ट खट जात्रा गर्दै टोखा नगर परिक्रमा गरी मनाइन्छ ।

    खट जात्राका क्रममा केपु (भिक्षा) को रुपमा हेरक घरबाट कृष्णलाई चामल, गहुँ आदि दिईन्छ । नगर परिक्रमाका क्रममा दाफा भजन खलःका लखेले प्रसाद स्वरुप टिक र फूलप्रसाद बाँड्ने परम्परा रहेको छ ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। तस्बिरः अकस्टिक दिनेश

    थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस्

    Facebook Comments Box