• टोखा टाइम्स

    • प्रकाशित मिति:२४ भाद्र २०८०, आईतवार


    बिज्ञापन
  • काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताको उपाधि विजेताहरुलाई पुरस्कार वितरण

    टोखा टाइम्स, काठमाडौं । ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।

    मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजयीहरुलाई बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको विशेष उपस्थिति रहेको थियो ।

    यही भाद्र २० गतेबाट सुरु भएको प्रतियोगितामा ललितपुर महानगरका ४० वटा टोलको सहभागिता रहेको थियो । जसमा अण्डर १७ समूहमा हःखा छुसिकाका सौर्य महर्जन प्रथम, नागबहालका सुगत शाक्य द्वितीय, सप्तखेलका श्रीष प्रधान र नागबहालक सम्यक शाक्य तृतिय हुन सफल हुनुभएको थियो ।

    यसैगरी भेट्रान्सतर्फ सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडी प्रथम भएको छ । उहाँहरुको जोडीले मंगःत्वाःका किशोर ब्यञ्जनकार र विरेन्द्रलाल श्रेष्ठको जोडीलाई २१-१४ र २१-१९ को सोझो सेटमा पराजित गरेको थियो । भेट्रान्सतर्फ लुखुसिका बिलन महर्जन र सन्जय महर्जनको जोडी र त्यागलका सञ्जय महर्जन र सानुबाबु महर्जनको जोडी तृतीय स्थान हात पार्न सफल भए ।

    यसैगरी मेन्स डबलमा नागबहालका ससीन डंगोल र सुमन शाक्यको जोडीले ओकुबहालका शान्त डंगोल र दिपेश शाक्यलाई हराउँदै प्रथम स्थान हात पार्न सफल भयो । फाइनल खेलमा नागबहालले ओकुबहाललाई २१-१३ र २१-१४ को सोझो सेटमा हराएको थियो ।

    मेन्स डबलमा पिन्छेबहालका अमन महर्जन र दिपान महर्जन र दथुलँका राजु बज्राचार्य र सुमित महर्जनको जोडी तृतिय हुन सफल भयो ।

    पुरस्कार वितरण कार्यक्रम युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनको सभापतित्वमा भएको थियो । कार्यक्रममा ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जन, निवर्तमान अध्यक्ष चन्द्र महर्जन, ललितपुर ९ वडाका अध्यक्ष एवम् प्रवक्ता राजु महर्जन, श्रम तथा युवा समितिका प्रमुख एवम् उपाध्यक्ष किरण महर्जनलगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box