टोखा टाइम्स, काठमाडौं । ‘समुत्थानशील बस्ती’ नामक पुस्तकको आज विमोचन गरिएको छ । पुस्तकको अर्थमन्त्री डा. प्रकाश शरण महतले एक समारोह बीच उनकै निवासमा विमोचन गरेको हो ।
स्रोत तथा सम्पदा पहिचान अन्तरगत ‘समुत्थानशील बस्ती’ शिवपुरी गाउँपालिका-७, सुनखानी, नुवाकोट सम्बन्धी लेखहरु पुस्तकमा संग्रहित रहेको पुस्तक प्रकाशक तथा सम्पदा अभियान्ता मनिराज डंगोले बताए ।
विमोचन कार्यक्रममा वरिष्ठ पत्रकार कुमार रन्जित लगायतको उपस्थिति रहेको थियो ।