• टोखाका प्रमुख प्रशासकीय अधिकृतको टोलिले गरे भक्तपुरको भ्रमण

    टोखा । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी सहितको टोलिले भक्तपुर नगरपालिकाको भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणको क्षेत्रमा गरिरहेको असल अभ्यासका विषयमा अध्ययन गर्न टोखा नगरपालिकाको भ्रमण टोलि भक्तपुर पुगेका हुन् ।

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सी सहित विभिन्न शाखाका २१ जना शाखा प्रमुख कर्मचारीहरुले भ्रमणका क्रममा भक्तपुर नगररपालिकाका नगर प्रमुख सनिल प्रजापतिसँग भेट गरेका थिए ।

    टोखा नगरपालिका र भक्तपुर नगरपालिकाको साँस्कृतिक विशेषताहरुबारे जानकारी दिँदै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले दुई नगरपालिकाहरुबीचको असल अभ्यासको आदान प्रदान गर्ने भ्रमणको उद्देश्य रहेको बताउनुभयो ।  भेटघाटका क्रममा भक्तपुर नगरपालिकाको गतिविधिहरुबारे संक्षिप्त प्रस्तुतीकरण प्रमुख प्रशासकीय अधिकृत बिजय कुमार शर्माले गर्नुभयो ।

    सो कार्यक्रममा प्रमुख प्रजापतिले साँस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलाई उच्च प्राथमिकतामा राख्दै समाजबाद उन्मूख कार्य गरिरहेको बताउनुभयो ।

    भ्रमण टोलिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप ईन्जिनियरिड्ड कलेज, ख्वप कलेज अफ इन्जिनियरिड्ड, ख्वप कलेज अफ ल, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप अस्पताल, शिशु स्याहार लगायतको अवलोकन गरेका थिए । 

    Facebook Comments Box