टोखा टाइम्स, काठमाडौं । छिट्टै प्रदर्शनको तयारीमा रहेको नेपालभाषाको चलचित्र तिबः The support को ब्यानर एक कार्यक्रमका बीच सार्बजनिक गरिएको छ ।
सामाजिक परिवेशको कथावस्तुमा आधारित चलचित्र तिबः The support का निर्माण सरजु रञ्जित र समिता रञ्जित श्रेष्ठले गरेका हुन भने वरिष्ठ सिनेमाटोग्राफर तथा निर्देशक रवि साय्मीले चलचित्रको निर्देशक गरेका थिए ।
ओम शंकर श्रेष्ठको कथा तथा सुशिल राजोपाध्यायको पटकथा, सम्बाद रहेको उक्त चलचित्रमा गीत रचना संघरत्न शाक्य तथा राजेन्द्र महर्जनको छन् भने संगीतकारद्वय भपेन्द्र बज्राचार्य र शिव शाहीको संगीतमा सतिश महर्जन, सरजु रञ्जित तथा दिपा महर्जनको स्वर रहेका छन् ।
चलचित्रको छायाङ्कन अमर चित्रकारले गर्नुभएको थियो भने पोष्ट प्रोडक्शनमा वाईल्ड वुल्स प्रोडक्शन, अमर चित्रकार र सुब्रिना चित्रकारको रहेको छ ।
चलचित्रको डविङ्ग कार्य A & J Studio Tahachal मा भएको थियो । चलचित्रमा सुशिल राजोपाध्याय, आशाकाजी थकुं, पुष्करभक्त माथेमा, संघरत्न शाक्य, कृष्णभक्त महर्जन, सरस्वती मानन्धर,सुनिता श्रेष्ठ ठाकुर, मैंया मुनिकार, मनोज महर्जन, श्रृष्टि महर्जनको अभिनय गरेका छन् । चलचित्रमा रवि महर्जन र रशिल अमात्यले सहायक निर्देशनको भूमिका निभायका छन् ।
कार्यक्रममा चलचित्रका यूनिटका सम्पूणर् सदस्यहरुलाई निर्माताद्वय सरजु रञ्जित र समिता रञ्जित श्रेष्ठले नेवारी परम्परा अनुसार सगुन दिई शुभकामनाका साथै सम्मान् गरिएको थियो ।