• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन

    एमसीसी संसदमा पेस भएपछि रणभूमि बन्यो बानेश्वर

    काठमाडाैँ –  सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै बानेश्वर तनावग्रस्त बनेकाे छ । एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ।

    एमसीसीकाे विपक्षमा रहेका आन्दोलनकारीहरुले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् । उनीहरूले सरकारविरुद्ध चर्काे नाराबाजी लगाउँदै निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयाेग गरेकाे छ।

     

    प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।

    प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गराएका थिए ।

    Facebook Comments Box