• टोखा टाइम्स

    • प्रकाशित मिति:२३ कार्तिक २०८०, बिहीबार


    बिज्ञापन
  • भूकम्प पीडितको सहयोगार्थ एमाले टोखा नगर कमिटीको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं, २३ कात्तिक । नेकपा (एमाले) टोखा नगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जाजरकोट भूकम्प पीडितको उपचारका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

    नेकपा (एमाले) टोखा वडा नम्बर ७, राष्ट्रिय युवा संघ नेपाल टोखा नगर कमिटी, अखिल नेपाल महिला संघ टोखा नगर कमिटी र अनेरास्ववियु टोखा नगर कमिटीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    टोखा नगरकमिटीका अध्यक्ष अध्यक्ष सत्यनारायण डंगोलले जाजरकोट र रुकुमका भूकम्प घाईतेहरुको उपचारका क्रममा रगतको अभाव नहोस् भन्ने उदेश्यले रक्तदान आयोजना गरिएको बताए ।

    कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका थिए ।

    Facebook Comments Box