• टोखा टाइम्स

    • प्रकाशित मिति:७ मंसिर २०८०, बिहीबार


    बिज्ञापन
  • सिंहदरबार घेर्न हिँडेका दुर्गा प्रसाईँ समूहमाथि अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त

    ७ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बल्खुमा आयोजित कार्यक्रममा प्रसाईँले सम्बोधन गरेलगत्तै सिंहदरबार घेर्न भन्दै हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। सम्बोधनका क्रममा प्रसाईँले सिंहदरबार घेर्न सहर पस्ने उद्घोष गरेका थिए।

    बल्खुबाट कालिमाटीतिर आउने क्रममा प्रदर्शनकारीमाथि अश्रग्यास प्रहार गरिएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरासमेत हानेको छ। प्रदर्शनकारीले प्रहरीमा ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

    प्रहरीले स्थिति नियन्त्रण लिने प्रयास गरिरहेको छ।

    तस्विरः अनलाइन खबर

    Facebook Comments Box