• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:७ फाल्गुन २०७८, शनिबार


    बिज्ञापन
  • टोखामा साहित्य सम्मेलन सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । टोखामा शनिबार १५ औं नेपालभाषा साहित्य तःमुज्या (सम्मेलन) सम्पन्न भएको छ ।

    आर्दश समाज निर्माणका लागि जनसाहित्य भन्ने मूल नाराका साथ जनसाहित्य समाजले प्रत्येक वर्ष फागुन ७ गते आयोजना गरिदै आएको सम्मेलनले  नेपालभाषा साहित्य र कला उत्थान गर्ने उदेश्यका साथ समसामयिक राजनीति विषयमा जनतालाई सचेतना दिँदै नेपाली साहित्य क्षेत्रको जगेर्नाको अहम भूमिका निर्वाह गरेको पाईन्छ ।

    नेपालभाषा मात्र नभएर नेपालमा प्रचलनमा रहेका जुन कुनै भाषा संस्कृति एवं साहित्यको संरक्षणका खातिर टोखामा साहित्य समेलन (तःमुंज्या) गर्दै आएको छ । जसमा प्रतियोगी तथा अप्रतियोगी दर्जनौं नवोदित साहित्यकारहरुले आफ्नो सिर्जना प्रस्तुत गर्नुका साथै साहित्य सम्मेलनलगत्तै साँझ सांस्कृतिक कार्यक्रम प्रस्तुती गरिन्छ । तर यस पटक भने साहित्य वाचन सँगसँगै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    जनसाहित्य समाजका अध्यक्ष काशिलाल डंगोलको सभापतित्व तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन टोखाका जेष्ठ नागरिक तेज बहादुर डंगोलले गरेका थिए । सम्मेलनमा साहित्य स्रस्ता तथा व्यक्ताहरुले देशमा रस्साकस्सी भैरहेको एमसिसीको बारेमा आफ्ना सृजना तथा धारना तथा विचारहरु प्रस्तुत गरेका थिए ।

    १५ तःमुंज्यामा प्रतियोगितात्मक साहित्यतर्फ रमेश महर्जनको कविता उत्कृष्ट, प्रेम के. निडरको कविता सान्त्वना र संगम डंगोलको बाल कविता सान्त्वना परेको थियो ।
    उक्त कार्यक्रमा नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जन, नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेश सभासद् सुरेन्द्र गोसाई,  जनकवि चन्द्रबहादुर उलक, सजीव श्रेष्ठ, शिवप्रसाद सापकोटा, इ. राजदास श्रेष्ठ, नेमकिपा टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोल, मिर्मिरे साकोस टोखाका अध्यक्ष कृष्णमान श्रेष्ठ, नाटेश्वर साकोस टोखाका अध्यक्ष बाबुकाजी डंगोल, गणेश इङ्गलिस स्कूल टोखाका प्रिन्सिपल विशोक डंगोल र बाल विकास क्लव टोखाका अध्यक्ष विश्वास डंगोलले  मन्तव्य व्यक्त गरेका थिए ।

    सम्मेलनको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    Facebook Comments Box