• टोखा टाइम्स

    • प्रकाशित मिति:५ पुष २०८०, बिहीबार


    बिज्ञापन
  • ग्रीनलाइफ क्लिनिक धापासीमा निःशुल्क थाइरोइड शिविर हुने

    टोखा । टोखा नगरपालिका- ७ धापासीमा अवस्थित ग्रीनलाइफ क्लिनिकको आयोजना र एजिलस डायग्नोस्टिक्स, महाराजगञ्जको प्राविधिक सहयोगमा निःशुल्क एक दिवसीय थाइरोइड स्वास्थ्य शिविर हुने भएको छ।

    यही पौष ७ गते शनिबारका दिन हुन लागेको शिविरमा करिब १२०० पर्ने थाइरोइड फङ्सन टेस्ट (Thyroid Function Test) निःशुल्क गरिने भएको छ। विशेषगरी ३० वर्ष कटेका महिलाहरूमा थाइरोइडको समस्या देखिने गरेकोले सोही वर्गलाई लक्षित गर्दै निःशुल्क थाइरोइड जाँचको आयोजना गरिएको ग्रीनलाइफ क्लिनिकका डा. क्षितिज सापकोटाले बताए ।

    थाइरोइडको गडबडी भई औषधि खाइरहनुभएका बिरामीहरूले समेत यसबाट प्रत्यक्ष लाभ लिन सक्ने बताइएको छ। करिब २००० बिरामीको नमुना सङ्कलन गर्ने उद्देश्यका साथ आवश्यक तयारी गरिएको ग्रीनलाइफ क्लिनिका सञ्चालक डाक्टर सरिता ढकालले बताउनुभयो। ग्रीन लाइफ क्लिनिकले विभिन्न अवसरहरू पारी टोखा बासीलाई निःशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेको छ ।

    Facebook Comments Box