• ‘मचा खाचा…’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    टोखा टाइम्स, १२ पुष । इन्द्रायणी दाफा भजन खलः टोखाको ‘मचा खाचा’ नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । जनकवि दुर्गालाल श्रेष्ठले मंगलबार न्हूजः खलले टोखामा आयोजना गरिएको जनकवि दुर्गालाल श्रेष्ठ नागरिक अभिनन्दन कार्यक्रममा गरेका हुन् ।

    यो म्युजिक भिडियो वैदेशिक रोजगारीको विषयमा बनेको छ । वैदेशिक रोजगारीको कारण नेपाली जनजीवनमा परेको असहज घटनाहरुलाई म्युजिक भिडियो मर्फत देखायएको छ । विदेशिएपछि पाउने पारिवारीक दुःख र कष्टलाई यसले मार्मिक ढंगमा उँधिनेको छ ।

    सुर्यमान डंगोलको शब्द संगीत रहेको यो गीतमा सुर्यमान डंगोलर र सुजिता डंगोलले स्वर दिएका छन् । भिडियोमा सुर्यमान डंगोल र रेश्मा तिमल्सिनाले अभिनय गरेका छन् । जीवित जल्मीको संगीत संयोजन,  मिलन श्रेष्ठले निर्देशन गरेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई आरोहन पिक्चर्सलेको युटुवबाट सार्वनजिक गरिएको छ ।

    Facebook Comments Box