टोखा टाइम्स, ८ माघ । टोखा नगरपालिकाको नगरसभाको १४ औँ अधिवेशन सम्पन्न भएको छ । सोमबार नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा नगरपालिकाको सभहलमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनमा उपप्रमुख मुरारी तामाङले चालु आ.ब. २०८०/८१ को आय-व्ययको संशोधित अनुमान सहित नगरसभाको तेह्रौं अधिवेशनवाट स्वीकृत योजना कार्यक्रम तथा वजेटको हाल सम्मको कार्यान्वयनको अवस्था वारे समिक्षात्मक विवरण प्रस्तुत गर्नुभयो ।
नगरपालिकाले चालु आ.ब.को लागि स्वीकृत वजेट मध्ये पौष मसान्तसम्म चालु तर्फ रु. १८ करोड ६० लाख ३३ हजार अर्थात २४.७० प्रतिशत तथा पुंजीगत तर्फ रु १४ करोड २२ लाख ४६ हजार अर्थात १२.६७ प्रतिशत गरी कूल रु. ३२ करोड ८२ लाख ७९ हजार अर्थात १७.४६ प्रतिशत खर्च भएको उपप्रमुख तामाङले अधिवेशनमा जानकारी गराउनु भयो ।
उपप्रमुख तामाङले नगरपालिकाको चालु आ.ब. २०८०/८१ को पौष मसान्तसम्म आन्तरिक श्रोतको कर तथा गैहकर सेवा शुल्क तर्फ रु. १५ करोड ५३ लाख ९९ हजार अर्थात ६३.२५ प्रतिशत, गत बर्षको बास्तविक अल्या रकम ६० करोड ५२ लाख ८२ हजार अर्थात ८६.४७ प्रतिशत तथा संघीय सरकार, प्रदेश सरकारवाट प्राप्त अनुदान, अन्य विभिन्न श्रोतबाट रु. ३५ करोड ५७ लाख १८ हजार अर्थात ३८.०७ प्रतिशत गरी जम्मा रु १ अरब ११ करोड ६३ लाख ९९ हजार प्राप्त भई चालु आ.ब.२०८०/८१ को लागि कूल अनुमानित आयको ५९.३८ प्रतिशत भएको जानकारी गराउनुभयो ।
यो समग्रमा तेह्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरुहरुको कार्यान्वयनवाट हाल सम्म भौतिक प्रगति ३८.८० प्रतिशत र वित्तीय प्रगति १७.४६ प्रतिशत रहेको देखिन्छ ।
नगरसभाको तेह्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरु ५१८ मध्ये हाल सम्म सम्झौता भएका योजना तथा कार्यक्रमहरुको संख्या २०१ रहेको छ, जसमध्ये ५८ योजनाहरु सम्पन्न भईसकेका छन् भने अन्य कार्यान्वयनको चरणमा रहेकको उपप्रमुख तामाङले अधिवेशनमा जानकारी गराउनु भयो ।
नगरपालिकाले आर्थिक बिकास क्षेत्र अन्तर्गतका शिर्षकहरुमा कुल रु. ३ करोड ३९ लाख २० हजार अर्थात १.८० प्रतिशत बजेट बिनियोजन भएको मध्ये पौष मसान्त सम्म १६.६४ प्रतिशत खर्च भएको छ । सामाजिक विकास क्षेत्र अन्तर्गतका शिर्षकमा कुल रु. ४७ करोड ५५ लाख ३२ हजार अर्थात २५.२९ प्रतिशत बजेट बिनियोजन भए मध्ये हाल सम्म २०.०१ प्रतिशत खर्च भएको छ ।
त्यस्तै, पूर्वाधार विकास क्षेत्र अन्तर्गतका शिर्षकमा कुल रु. १ अर्व १ करोड १९ लाख ९८ हजार अर्थात ५३.८२ प्रतिशत बजेट बिनियोजन भएको मध्ये हाल सम्म १२.६२ प्रतिशत खर्च भएको छ । वातावरण तथा विपद् व्यवस्थापन सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र अन्तर्गतका शिर्षकहरुमा कुल रु. ९ करोड ५० लाख ३६ हजार अर्थात ५.०५ प्रतिशत बजेट बिनियोजन भएको मध्ये हाल सम्म ६.८ प्रतिशत खर्च भएको छ । भने,संस्थागत विकास, सेवा प्रवाह, सुशासन तथा कार्यालय संचालन क्षेत्र अन्तर्गतका शिर्षकमा कुल रु. २६ करोड ३५ लाख १४ हजार अर्थात १४.०१ प्रतिशत बजेट बिनियोजन भएको मध्ये हाल सम्म ३५.४३ प्रतिशत खर्च भएको छ ।
उपप्रमुख मुरारी तामाङले सभा समक्ष स्थानीय सरकार संचालन, २०७४ को दफा ७१ (८) तथा विनियोजन ऐन, २०७९ को दफा ३ (३) वमोजिम आर्थिक बर्ष २०८०/८१ को आय-व्ययको संशोधित अनुमान प्रस्तुत गर्दै भने- ‘तेह्रौं अधिवेशनवाट स्वीकृत भएको चालु आ.ब.को आय-व्ययको अनुमानको २०८० पौष मसान्त सम्मको अवस्था अध्ययन गरी विश्लेषण गर्दा हामी यस आ.ब.को ६ महिना व्यधित गरी सकेका छौं। हाल सम्मको आय-व्ययको अवस्था विश्लेषण गर्दा हामी अनुमानमा पुग्न ठुलो मिहिनेत गर्नु पर्ने देखिन्छ त्यति हुदाँ हुदै पनि लक्ष्यमा पुग्न नसकिने अवस्था छ। हाल सम्मको आम्दानीको अवस्थालाई हेर्दा घरजग्गा रजिष्ट्रेशन वापतको नगरसभाको रकम अनुमान गरे वमोजिम प्राप्त नहुने स्पष्ट देखिन्छ। अझै पनि जग्गाको कारोवारमा बृद्धि भएको अवस्था छैन । त्यस्तै हामीले चालु आ.ब. को बजेट निर्माण गरी रहदाँ गत आ.ब.२०७९/८० को अल्या रकम अनुमान गरे बमोजिम यथार्थमा ९ करोड ४७ लाख १८ हजार घटी प्राप्त भएको, स्थानीय आवश्यकता, नगरवासीको माग, विभिन्न वडा कार्यालयवाट विभिन्न मितिमा प्राप्त माग समेतका आधारमा विभिन्न शिर्षकमा प्राप्त हुने आयमा परिवर्तन गर्नुपर्ने साथै विभिन्न शिर्षकमा विनियोजित रकममा परिवर्तन गर्नु पर्ने देखिएकोले चालु आ.ब.२०८०/८१ को आय-व्यय गत असार १४ गते तेहीं नगरसभाबाट स्वीकृत रकम रु १ अरब ८८ करोडमा हाल १ अरब ७५ करोड ६८ लाख ५९ हजार अर्थात तेहीं नगरसभामा स्वीकृत भएको भन्दा ६.५५ प्रतिशतले कम हुने संशोधित अनुमान सभा समक्ष पेश गरेको छु।’
उपप्रमुख तामाङले सभा समक्ष पेश गरेको आय-व्यायको संशोधित प्रस्ताव सभाबाट सर्वसमत पारित गरिएको थियो । नगरसभाको १४ औं अधिवेशनमा विषयगत समितिबाट समाजिक विकास शाखा र सुशासन समितिले वार्षिक समिक्षा प्रतिवेदन प्रस्तुत गरेको थियो । सामाजिक विकास शाखाले प्रस्तुत गरिएको टोखा नगर शिक्षा ऐन २०७५ मा संशोधन बुँदाहरु नगर सभाले पारित गरिएको थियो ।
अधिवेशनमा बोल्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले नगरको विकास कार्यमा सबै निर्वाचित जनप्रतिनिधि एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभो- ‘यो नगरपालिका हामी सबै हो । नगर बनाउन कानुनले निर्दिष्त गरेको नियममा बसि समृद्ध टोखा बनाउने सन्दर्भमा हामी सबै एक जुट भएर सहकार्य गर्दै विकास निर्माण कार्यमा अगाडि बढौं ।’
नगरपालिकले बोलाई र गराईमा फरक कार्य नगरेको भन्दै नगर प्रमुख अधिकारीले टोखाको जनताको समृद्धिमा कतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभो -‘मैले समग्र टोखाको विकासका लागि वडाहरुले आश्यक बजेट रकम माग आएमा आफुनले बजेट रकम राखिदिएको छु ।’
अधिवेशनमा बोल्दै प्रमुख प्रशासनीक अधिकृत शेरबहादुर बि.सीले नगरपालिकाको १३ औं अधिवेशनले लिएको लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधि तथा कर्मचारी एक जुट भएर अगाडि बढ्नु पर्ने समय आएको बताउनु भयो । अहिलेको समय विकास निमार्णको कार्य गर्ने उपयुक्त समय हो यदी हामी सबै आआफ्नो स्थानबाट लागि पर्नेहो भने नगरपालिकाले लिएको लक्ष्यको ८० प्रतिशत हासिल गर्न सकिने उहाँले बताउनु भयो ।
‘नगरपालिकामा भैरहेको वेथितिहरुलाई अन्त्य गर्दै सुशासन कार्यम गर्न आफु कतिबद्ध भएको भन्दै यदी मेरो मातहतका जो कोही कमर्चारले गलत नियत राखेर कार्य गरेको पाईएमा, उजुरी दिएको खण्डमा कानून अनुसार कार्वाहि गर्ने म तपाईहरुलाई प्रतिवद्धता जनाउँछू । प्रमुख प्रशासकि अधिकृत शेरबहादुर बि.सीले बताउनु भयो ।
नगरपालिकाको सभहलमा सम्पन्न भएको कार्यक्रममा नगरसभा सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।