• टोखा टाइम्स

    • प्रकाशित मिति:२१ माघ २०८०, आईतवार


    बिज्ञापन
  • टोखा र तारकेश्वर नगरपालिकाको सहलगानीमा बौडेश्वर मन्दिर निर्माण गरिने

    टोखा टाइम्स, माघ २१ । टोखा र तारकेश्वर नगरपालिकाको सहलगानीमा टोखाको झोरमहाँकाल स्थित बौडेश्वर महादेव मन्दिर परिसर क्षेत्र निर्माण गरिने भएको छ ।

    टोखा र तारकेश्वर नगपालिका वडा नम्वर १ सीमाना पर्ने ऐतिहासिक, धार्मिक तथा पौराणिक पवित्र स्थल बौडेश्वर (वरुणेश्वर) महादेव मन्दिर परिसर क्षेत्रको सहलगानीमा भौतिकपुर्वाधार निर्माणमा सहकार्यका लागि आज एक कार्यक्रमको आयोजना गरी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले आपसी समझदारीपत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेको हो ।

    ऐतिहासिक, धार्मिक तथा पौराणिक पवित्र स्थलको रुपमा रहेको बौडेश्वर महादेव मन्दिर परिसरमा आवश्यक भौतिक पुर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न टोखा र तारकेश्वर नगरपालिकाको २ करोड सहलगानीमा निर्माण कार्य गरिन लागेको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सीले कार्यक्रममा जानकारी दिनुभयो ।

    दुवै नगरपालिकाबाट एक-एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिंढी निर्माण तथा पंचमी नुहाउनको लागि स्नान कुण्ड लगाएतका भौतिक संरचना निर्माण गरिने गरी आपसी सहमति भएको छ ।

    टोखाको धार्मिक स्थलमध्य विशेष महत्व बोकेको बौडेश्वर मन्दिर परिसरको विकासका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दै आएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताउनु भयो । नगर प्रमुख अधिकारीले भने-‘ टोखा नगरपालिकाले यस मन्दिर परिसरको विकासका लागि विशेष प्राथमिकतामा राखि काम गर्दै आरहेको छ । हामीले दुई चरणको भौतिक पुर्वाधार निर्माणको काम सम्पन्न गरिसकेका छौँ । निर्माण गर्न बाँकी रहेको कार्यमा तारकेश्वर नगरपालिकाले गरेको सहकार्य प्रति नगरपालिकाको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु ।’

    टोखा र तारकेश्वर नगरपालिका बीचको आपसी सहकार्यमा भौतिकपुर्वाधार निर्माण लागयतका कार्य भैरहेको समेत प्रमुख अधिकारीले कार्यक्रममा बताउनुभएको थियो ।

    तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले बौडेश्व महादेवको महिमा खोज गरी त्यसको प्रचारप्रसारमा बढि जोड् दिँदै यस मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नु पर्ने सुझाव दिनुभयो ।

    ‘तारकेश्वर र टोखाको भुगोल, रहनसहन, संस्कृति, संस्कार समान छ । दुई नगरपालिकाको सीमानामा रहेको यस मन्दिर परिसरको विकाससँगै तारकेश्वर महादेवसम्म जाने धार्मिक मार्गको निर्माण गरी दुई नगरपालिका बीचको धार्मिक सम्वन्ध अझ बजबुद हुने मैले विश्वास लिएको छु । तारकेश्वर र टोखा नगरपालिकाको समृद्धिकालागि एक आपशमा सहयोग र सहकार्य आवश्यक छ ।’ महर्जनले भन्नुभयो ।

    कार्यक्रममा टोखाका उपप्रमुख मुरारी तामाङले बौडेश्वर मन्दिर परिसरमा रहेको सम्पदाको जानकारी दिँदै तपाईहरुले ने तिरेको करको पैसालाई हामीले व्यवसस्थापन गरी तपाईहरुकै माग अनुसारको काम गर्न लागेको बताउनु भयो । उहाँले नगरको विकास निमार्ण कार्यमा राजनीतिक प्रतिशोधलाई त्यही अगाडि बढ्न अनुरोध गर्नुभयो ।

    त्यस्तै, तारकेश्वरकी उपप्रमुख सूजना बुर्लाकोटी ऐतिहासिक तथा धार्मिक स्थलहरुमा विकास निर्माणको काम गर्दै त्यहाँ रहेका सम्पदाहरुलाई असर नहुने गरी निर्माण कार्य गर्नु पर्नेमा जोड् दिनुभयो ।

    कार्यक्रममा मन्दिर परिसरमा राखिएको डिजिटल सूचना बोर्डको नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन समेत गर्नु भएको थियो ।

    टोखा र तारकेश्वर नगरपालिकाको संयुक्त आयोजनामा बौडेश्वर मन्दिर प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थितिरहेको थियो ।

    Facebook Comments Box