टोखा । टोखा नगरपालिका २ वडाले युवा वर्गलाई स्व-आय आर्जन गर्नका लागि निःशुल्क सांस्कृतिक टुर गाईड तालिमको आयोजना गर्दैछ । वुधबार वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले जारी गरेको सूचनामा भनिएको छ –’ वडामा रहेका युवा वर्गलाइ स्व-आय आर्जन गर्नका लागि विभिन्न मठमन्दिर तथा प्राकृतिक वस्तुहरूको प्रदर्शनको लागि नेपाल होमस्टे टुरिजम सर्भिसेजद्वारा प्रशिक्षण (तालिम) १५ दिन हुन लागेको हुनाले प्रशिक्षण पश्चात काम गर्ने गरी इच्छुक हुनेहरूलाइ निःशुल्क तालिम संचालन गर्न लागेको हुदाँ तपशिल बमोजिमका कागजात राखि दस्तखास्त फारम भरि मिति २०८० साल फाल्गुण ६ गते कार्यालय समयभित्र वडा कार्यालयमा बुझाउनु हुन यसै सूचना द्वारा जानकारीका लागि अनुरोध छ ।’
तपशिल
१. नागरिकताको प्रतिलिपि
२. फोटो २ प्रति
३. शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी