• मूः नायः हेमराज श्रेष्ठको संयोजकत्वमा विस्काः नखः (जात्रा) व्यवस्थापन समिति गठन

    टोखा टाइम्स । टोखामा हरेक वर्ष बैशाख १ गते सपनर्तीथ मेला तथा २ गतेदेखि ५ गतेसम्म हुने विस्काः नखः (जात्रा) सफलतापूर्वक सञ्चालन गर्नका लागि तलेजु गुथिका मूः नायः हेमराज श्रेष्ठको संयोजकत्वमा जात्रा मुल व्यवस्थापन समिति गठन गरेको छ । टोखा नगरपालिका २ र ३ वडाको संयुक्त आयोजनमा २ वडा कार्यालयको सभा कक्षमा शनिवार टोखा – २ र ३ वडा कार्यालय संरक्षक रहने गरी श्रेष्ठको संयोजकत्वमा १८ सदसीयको मुल व्यवस्थापन समिति गठन गरिएको हो ।

    टोखा–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठकव अध्यक्षतामा सञ्चालन भएको बैठकमा टोखा ३ का कार्यवहाक अध्यक्ष हरी कृष्ण श्रेष्ठ टोखा–२ का वडासदस्य सविना श्रेष्ठ, लक्षमी हिङमाङ, अमर डंगोल, आर्यन डंगोल, टोखा–३ का वडासदस्य शान्ता राई, हरिमाया नेपाली हरीभक्त श्रेष्ठ,ने वाः गुथिका अध्यक्ष रमेश नापित टोखा संस्कृति क्षेत्र विकास समितिका प्रतिनिधि, सम्बन्धित द्य: खल:, पुजारी, बाजा खल:, विभिन्न राजनीति दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेको थियो ।   

    जात्रालाई व्यवस्थित, भव्य र सभ्य रुपमा सम्पन्न गर्ने उक्त बैठकले व्यवस्थापन समितिसँगै आवश्यक उपसमेतिको गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरिएको थियो ।

    मूल व्यवस्थापन समिति तथा उप समितिका संयोजकहरुको विवरण

    १          हेमराज श्रेष्ठ     संयोजक          मुलनाइके, तलेजु गुथि

    २          गणेशमान श्रेष्ठ  व्यवस्थापन    अध्यक्ष , तोखा सं.सं.क्षे.बि.स.

    ३          रमेश नापित     व्यवस्थापन      अध्यक्ष , नेवाः गुथि तोखा

    ४         वडा नं २ र ३    व्यवस्थापन      भौतिक पुर्वाधार व्य.  उपसमिति

    ५         वडा नं २ र ३    संयोजक          स्टल तथा पसल ब्यवस्थापन

    ६          हेमराज श्रेष्ठ     संयोजक          पुजाआजा व्यवस्थापन उपसमिति

    ७         हरिभक्त श्रेष्ठ    संयोजक          सरसफाई व्यवस्थापन उपसमिति

    ८          बुद्धिहरी श्रेष्ठ    संयोजक          स्वयंसेवक व्य. उपसमिति

    ९          राष्टमान श्रेष्ठ     संयोजक          शान्ति सुरक्षा व्य. उपसमिति

    १०       अष्टकुमार श्रेष्ठ संयोजक          रथजात्रा खट व्यवस्थापन उपसमिति

    ११        सुर्यमान डंगोल संयोजक बाजागाजा व्यवस्थापन उपसमिति

    १२       अकबर श्रेष्ठ     संयोजक          टोल बस्ती पार्किङ्ग व्यवस्थापन

    १३       सुर्दशन श्रेष्ठ     संयोजक          यातायात ब्यवस्थापन उपसमिति

    १४       सुबिन्द्र श्रेष्ठ      संयोजक          प्रचार प्रसार व्य. उपसमिति

    १५       अनिल श्रेष्ठ      संयोजक          स्वास्थ्य व्य. उपसमिति

    १६       हेरकाजी डंगोल        सदस्य महासचिव ,नेवाः गुथि तोखा

    १७       रविना श्रेष्ठ       सदस्य तोखा संस्कृति सं.क्षे. बि.स.

    १८        टुख्य स्काउट क्र्यु         सदस्य स्वयंसेवी समुह

    जात्रामा निषेधत कुराहरु

    यस वर्ष जात्राको समयमा कुनै पनि निकायको विज्ञापन तथा प्रचारप्रसार हुने खालका कुनै पनि पोसाकहरू लगाउन निषेध गरिने भएको छ । जात्रा तयारीको लागि बसेको सर्वपक्षीय बैठकले जात्रामा कुनै पनि राजनितीक दल, क्लब, संघ संस्थाहरूले अन्य कुनै पनि निकायको विज्ञापन तथा प्रचारप्रसार हुने खालका कुनै पनि पोसाकहरू लगाउन बन्देज गरिएको व्यहोरा अवगत गराउँदै उक्त जात्रा बखत नेवारी संस्कृती झल्किने मौलिक ड्रेस (दौरा सुरुवाल/हाकु पटासी) लगाइ जात्रालाइ भव्य र सभ्य रूपमा मनाउने निर्णय गरिएको छ ।

    त्यसका साथै शुभकामना व्यानर तथा विज्ञापन होडिङ्ग वोर्डहरू समेत जथाभावी राख्न नपाउने भएको छ ।संघसंस्थाले आफ्नो कार्यालयल भवनमा मात्र शुभकामना व्यानर राख्न पाउने छन भने कुनै पनि मदिराजन्य वा अन्य व्यापार व्यवसायको विज्ञापन समेत गर्न पाउने छैनन् । त्यसो गरेको पाएमा प्रचलित कानुन अनुसार कार्वाही गरिने वडा कार्यालयले जनाएको छ ।

    Facebook Comments Box