• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ चैत्र २०८०, शुक्रबार


    बिज्ञापन
  • टोखा -२ द्वारा विविध कार्यक्रम गरी जेष्ठ नागरिक सम्मान

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका-२ ले जेष्ठ नागरिक, एकल महिला तथा भिन्नरूपले सक्षम मानवहरूलाई सम्मान गरेको छ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त सम्मान कार्यक्रममा वडा भित्रका सामाजिक सुरक्षा भत्ता खाइपाई आएका जेष्ठ नागरिक, एकल महिला तथा भिन्नरूपले सक्षम मानवहरूलाई आज एक कार्यक्रम बीच सम्मान गरिएको हो ।

    वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ वडा सदस्य सविना श्रेष्ठ, लक्ष्मी हिमाङ, आर्यन डंगोल र अमर डंगोलले वडा भित्रका सामाजिक सुरक्षा भत्ता खाइपाई आएका जेष्ठ नागरिक, एकल महिला तथा भिन्नरूपले सक्षम मानवहरूलाई फाइबरको सिरक  सहित सम्मान गरिएका थिए ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरले जेष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गरी मेयर दीर्घायु नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम लगाएतका विविध कार्यक्रमहरू सञ्चालन भैरहेको बताए । उनले टोखा चण्डेश्वरी र ११ वडाको स्वास्थ्य संस्थामा उक्त कार्यक्रम सञ्चालन भैरहेको भन्दै त्यहाँ गएर स्वास्थ्य लाभ लिन सबैमा अनुरोध गरे ।

    नगरभित्रका जेष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूलाईका लागि सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिँदै थप लक्षित कार्यक्रमहरू सञ्चालन गरिने समेत उनले बताए ।

    टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले जेष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूलाई सम्मान गर्न पाउँदा आफू लगायत वडा परिवार निकैनै हर्षित भएको बताए । जाडो महिनामा गर्नु पर्ने कार्यक्रम विविध कारणवश ढिलाइ भएकोमा माफी माग्दै आगामी दिनहरूमा समयमानै कार्यक्रमको आयोजना गरिने बताए ।

    कार्यक्रममा बोल्दै उपप्रमुख मुरारी तामाङले जेष्ठ नागरिक हाम्रो अभिभावक भएकोले उहाँहरूको लागि आवश्यक कार्यक्रम तथा सम्मान हुने खालका नीतिहरू नगरपालिकाले अघि सार्ने बताए ।

    अध्यक्ष श्रेष्ठले जेष्ठ नागरिकहरूको सुस्वास्थ्यका लागि वडाले विभिन्न कार्यक्रमको आयोजना गरिने बताए । उनले वडामा जेष्ठ नागरिक समिति गठन भएको बताउदै जेष्ठ समितिसँग छलफल गरी जेष्ठ नागरिकका लागि थप प्रभावकारी कार्यक्रम गर्ने वचन दिए । घर परिवार वा अन्य कसैले जेष्ठ नागरिक, एकल महिला तथा भिन्नरूपले सक्षम मानवहरू माथी अन्याय अत्याचार गरेको पाएमा वा भेटिएमा प्रचलीत कानून बमोजिम वडाको रोहोवरमा कार्वाही गरिने समेत उनले कार्यक्रममा बताए ।

    वडासदस्य अमर डंगोलले वडाले महिला तथा लक्षित वर्गका लागि विभिन्न कार्यक्रमको आयोजना गरेको जानकारी दिए । साथै आउदा दिनहरूमा जेष्ठ नागरिक, नकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूका लागि प्रभावकारी कार्यक्रमहरू ल्याउने कार्यक्रममा बताए । साथै, वडासदस्य सविना श्रेष्ठले श्रेष्ठले यो सानो सम्मान मात्र भएको भन्दै आगामी दिनहरूमा अझ वृहत् रूपमा थप कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रममा बताइन ।

    उक्त सम्मान कार्यक्रममा टोखा आधारभूत स्वास्थ्य केन्द्रको टोलीले ब्लड प्रेस तथा सुगरको जाँच समेत गरिएको थियो ।कार्यक्रममा मोटिभेस्नल सन्तोष श्रेष्ठले तनावा हटाउने स्वस्थ्य र खुशी, सुखि परिवार कसरी बन्ने र बनाउने भन्ने विषयमा कक्षा लिएका थिए । साथै कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

    २ वडामा २४८ जेष्ठ नागरिक, ४१ जेष्ठ एकल महिला, १४ पुर्ण शारिरीक अशक्त, १४ आंशिक अशक्त  र ५५ विधवा महिला गरी कुल ३७२ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाई आएका छन्  ।

    ‌औपचारिक कार्यक्रम वडा सचिव शालिकराम गौतमले सञ्चालन गरेका थिए ।

    Facebook Comments Box