• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ चैत्र २०८०, आईतवार


    बिज्ञापन
  • ‘खिगुली बुगां कासा’ प्रतियोगितामा सानुमाया श्रेष्ठ प्रथम र  लक्ष्मी श्रेष्ठ दोस्रो

    टोखा टाइम्स, २५ चैत्र ।  टोखा उद्यमी बहुउद्देशीय सहकारी संस्था लिमिटेड तथा लघु उद्यम् महिला समाज टोखाको संयुक्त रुपमा आयोजित ‘खिगुली बुगां कासा’ प्रतियोगिता आइतबार सम्पन्न भएको छ । नेवाः समुदायको लोकप्रीय परम्परागत खेलको रुपमा रहेको उक्त खेलको पुन उत्थान गर्ने उद्देश्यले टोखा उद्यमी बहुउद्देशीय सहकारी संस्था लिमिटेड तथा लघु उद्यम् महिला समाज टोखाले प्रतियोगिताको आयोजना गरिएको हो ।

    टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथ्यता रहेको उक्त प्रतियोगितामा नयाँ पुस्ता कृषि सहकारीकी सानुमाया श्रेष्ठ प्रथम र जुनेली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी लक्ष्मी श्रेष्ठ दोस्रो भएकी थिइन् । टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारी तथा टोखा नगरपालिका २ की वडासदस्य सविना श्रेष्ठ प्रथम र दोस्रो हुनेलाई क्रमशः नगद पाँच हजार/तीन हजार,  ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । भने प्रतियोगितामा सहभागि सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

    नेवाः समुदायको लोकप्रीय परम्परागत खेलको रुपमा रहेको उक्त खेल पछिलो समय लोप भैसकेको थियो ।  टोखामा पहिलो पटक प्रतियोगिताको रुपमा आयोजना गरिएको उक्त प्रतियोगितामा टोखामा क्रियाशील संघसंस्थाहरु मध्य १२ वटा संस्थाबाट २४ जनाको सहभागिता रहेको आयोजकले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि प्रकाश अधिकारीले आफ्नो जीवन पहिलो पटक खेल देख्न नाएको बताए । उनले यो खेल हेर्दै गर्दा यसले हाम्रो बौद्धिक विकास गर्ने खालको भएको भन्दै यी र यस्ता हाम्रा मौलिक खेलहरुको संरक्षण गर्दै त्यसको संवर्धन गर्नका लागि टोखा नगरपालिकाले सक्दो साथ सहयोग गर्ने बताए । त्यस्तै, टोखा २ की वडा सदस्य सविना श्रेष्ठले यस्ता मौलिक खेलहरुको संरक्षण गर्न स्थानीय सरकार वडा कार्यालय तडपर रहेको बताउँदै  आगामी दिनहरुमा स्थानीय सघंसंस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताईन ।

    टोखा उद्यमी बहुउद्देशीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष सत्य देवी डंगोलको सभापतित्वमा सम्पन्न भएको उद्घाटन शत्र कार्यक्रममा टोखा नगरपालिका २ का निवर्तमान वडाध्यक्ष तथा लघु उद्यम् महिला समाज टोखाका सल्लाहकार दिपकराज जोशीले कार्यक्रममा सम्बोधन गर्दै ऐतिहासिक कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी दिनहरुमा लोपोन्मुख हाम्रा मौलिक खेलकुदहरुलाई उजागर गर्न सकोस भनि शुभकामना व्यक्त गरेका थिए । स्थानीय सरकारले महिला लक्षित कार्यक्रम विशेष प्राथमिकताका साथ अगाडि बढन वडाका जनप्रतिनिधिहरुलाई सुझाए ।

    कार्यक्रमका सभापति सत्यदेवी श्रेष्ठले लोपोन्मुख हाम्रो मौलिक खेलहरुलाई संरक्षण गर्ने उद्देश्यका साथ साथीहरुको सरसल्लाहको आधारमा ‘खिगुली बुगां कासा’लाई प्रतियोगिताको रुपमा आयोजना गरेको बताइन । आफुहरुले सोचेको भन्दा बढि सहभागिहरु कार्यक्रममा सहभागिता जनाइ आफुहरुको हौसला बढाई दिएको भन्दै सबैलाई धन्यदाव दिए ।

    कार्यक्रमका संयोजक शार्दा लवट तथा लघु उद्यम् महिला समाज टोखाकी संस्थापक अध्यक्ष एवम् सल्लाहका नारायण देवी श्रेष्ठले प्रतियोगिता कार्यक्रममा सहभागिता जनाई सफल पारेकोमा सम्पुर्ण संघसंस्था तथा खेलाडिहरुलाई धन्यवाद दिइन ।  

    टोखा-२ स्थित न्हुज पुस्तकालयको प्राङ्गणमा भएको उक्त कार्यक्रमा टोखा नगरपालिका २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ वडा सदस्य लक्ष्मी हिङमाङ सल्लाहकार पञ्च कुमारी श्रेष्ठ, प्रकाश डंगोल टोखा टाइम्सका अध्यक्ष सुविन्द्र श्रेष्ठ संस्थाका पदाधिकारी लगायको उपस्थित रहेको थियो ।

    Facebook Comments Box