• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० बैशाख २०८१, बिहीबार


    बिज्ञापन
  • बागमती प्रदेश सरकारले नेवाः र तामाङ भाषा कार्यान्वयन शुभारम्भको घोषणा गर्दै

    टोखा टाइम्स, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको कामकाजी भाषा ऐनको कार्यान्वयनको घोषणा गर्ने भएको छ ।

    बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आगामी सोमबार (बैशाख २४ गते) बसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा नेवाः र तामाङ भाषा कार्यान्वयन शुभारम्भको घोषणा गर्न लागेको हो ।

    कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल विशेष अतिथिको रुपमा रहनुहुनेछ ।

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले गतवर्ष कार्तिक २३ गते राजपत्रमा प्रकाशित भएको विधेयक १८० दिनमा परिपक्व भइ कार्यान्वयनमा जाने ब्यवस्था अनुरुप सोमबार भाषा ऐन कार्यान्यममा आउने बताउनुभयो ।


    घोषणा कार्यक्रम अघि नेवाः तथा तामाङ समुदायको सांस्कृति भेषभूषा तथा बाजागाजासहित ‍र्‍यालीको आयोजना हुनेछ । प्रदेश सरकारले सो दिन प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

    Facebook Comments Box