• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२२ कार्तिक २०८२, शुक्रबार


    बिज्ञापन

    टोखाका लायन्स क्लबले रक्तदान कार्यक्रम गर्दै

    टोखा टाइम्स, २१ कार्तिक । लायन्स क्लब अफ टोखा चाकु, टोखा काठमाडौं र काठमाडौं इन्द्रसरोवरको संयुक्त आयोजनामा टोखामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । टोखाको सरस्वती मन्दिर प्राङ्गणमा भोलि शनिबार हुने रक्तदान कार्यक्रममा १०० भन्दा बढी पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

    लायन्स क्लब अफ टोखा चाकुका संयोजक कृष्ण बहादुर श्रेष्ठले रक्तदान कार्यक्रम एउटा सामाजिक कार्यक्रममात्रै नभई मानव जीवन बचाउने साझा प्रयास भएकोले टोखामा रहेका लायन्स क्लवहरुको संयुक्त आयोनामा हुन गैरहेको रक्दान कार्यक्रममा सहभागि भई आफ्नो अमुल्य रगत दान गर्न सम्पुर्ण टोखाबासीहरुलाई अनुरोध गरेका छन् ।

    टि.यु लायन्स वल्ड ट्रास्फम एण्ड रिसर्च सेन्टर, टोखा नगरपालिका-३ वडा कार्यालय र सरस्वती स्वास्थ्य चौकिको सहकार्यमा हुने उक्त कार्यक्रम बिहान ९ बजेदेखि शुरु हुनेछ ।

    Facebook Comments Box