टोखा टाइम्स, १२ पुस । भारतको कोलकातामा आयोजना भएको ९औँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२५ मा टिम नेपालको तर्फबाट सहभागी खेलाडीहरूले प्रतियोगितामा शानदार प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्।
धर्मस्थली तेक्वान्दो डोजाङ्गका प्रमुख सानुबाबु महर्जनको नेतृत्वमा टिम नेपालबाट जम्मा १५ जना खेलाडी सहित टिम प्रशिक्षक कुमार लवट र टिम संयोजक रुपा महर्जन,मालती श्रेष्ठ र सुलभ प्र.श्रेष्ठको सहभागी रहेको थियो।
प्रतियोगितामा नेपाल देश सहित अन्य मुलुक गरि कुल ६९० जना खेलाडीको सहभागी थियो। प्रतियोगितामा टिम नेपालले ५ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित कुल १२ वटा पदक जित्न सफल भएको छ। यस ऐतिहासिक उपलब्धिमा धर्मस्थली तेक्वान्दो डोजाङ्ग, तुख्य तेक्वान्दो डोजाङ्गका खेलाडीहरूको महत्वपूर्ण योगदान रहेको छ।

उक्त प्रतियोगितामा सहभागी खेलाडी मध्य सबै भन्दा सानो उमेरको खेलाडी टिम नेपालबाट रहेको प्रतियोगिता संयोजकले बताउनु भएको छ। प्रतियोगिताका सानो उमेरका खेलाडी तुख्य तेक्वान्दो डोजाङ्गका खेलाडी सर्भिका श्रेष्ठ रहेको उनको उमेर मात्र ४बर्षकि रहेको र तुख्य तेक्वान्दो डोजाङ्गको प्रथम सानो उमेरको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न र पदक ल्याउन सफल खेलाडी हुन। तुख्य तेक्वान्दो डोजाङ्ग्का ४जना खेलाडीले टिम नेपालबाट सहभागी गरेका थिए भने ४जनाले नै विभिन्न पदक हासिल गरेका छ्न। १.बलार्का प्र. श्रेष्ठ ११ बर्ष मुनि पुम्से बिधामा प्रथम २.सर्भिका श्रेष्ठ ६बर्ष मुनि केरुगी बिधामा दोस्रो ३.तपेन्द्र नेपाली १८ बर्षा मुनि केरुगी बिधामा तेस्रो ४.श्रेया राई १४ बर्ष मुनि स्पीड किक बिधामा तेस्रो तुख्य तेक्वान्दो डोजाङ्ग्का प्रमुख श्री कुमार लवटले टिम नेपालको तर्फबाट प्रशिक्षकको भुमिका निभाइ खेलाडीलाई हौसलाका साथ पदक दिलाउन पाउँदा निकै खुसी रहेको बताएका छन।