• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० बैशाख २०८१, बिहीबार


    बिज्ञापन
  • टोखा नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण आजदेखि, पालिका र वडा कार्यालयबाट वितरण गरिँदै

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकाले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । परिचयपत्र प्राप्त गर्नका लागि  नगरपालिकामा फोटो खिचिएकाहरुले नगरपालिकामा र वडामा फोटो खिचिएकाहरुले सम्बन्धित वडामा सम्पर्क राखी कार्यालय समय भित्र वडाबाट नै परिचय पत्र प्राप्त गर्न सकिने छ ।

    गत बैशाख १२ गतेका दिन राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण बिभाग र नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय परिचय पत्र वितरण अभियान सम्बन्धि अभिमुखीकरण तथा शुभारम्भ कार्यक्रमा नगर उपप्रमुख मुरारी तामाडलाई राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण बिभागका महानिर्देशक युबराज कटेलले परिचय पत्र दिएर वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो ।

    परिचयपत्र प्राप्त गर्नका लागि  फोटो खिचाएकाहरुले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गरेको पुष्ट्याइँ कागज तथा परिचयपत्र तयार भयो भनि पठाएको मेसेज साथका साथ सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नु पर्नेछ ।

    टोखा नगरपालिकामा राष्ट्रिय परिचय पत्रको लागि अभियान मार्फत २०,१४७ को विवरण संकलन भएको छ ।

    Facebook Comments Box