टोखा टाइम्स, २० पुस । प्रत्येक वर्ष नेपाल संवतको तिथि अनुसार पोहेलाथ्व नवःमिको दिनमा मनाउदै आएको नेवाः एकता दिवस यसपालि टोखामा हुने भएको छ ।
ने.सं. ११४५ पोहेलाथ्व नवमी ( पुस २४ गते) बुधबार १५ औं नेवाः एकता दिवस ऐतिहासिक नगरी टोखामा नेवाः देय् दबू तोखा नगर समिति, नेवाः गुथि तोखा, टोखा सांस्कृतिक संरक्षित क्षेत्र र स्थानीय संघसंस्था खलः पुचःको व्यवस्थापनमा टोखाको थनेलाछिमा हुने नेवाः देय् दबू टोखा नगर समितिका अध्यक्ष हेरकाजी डंगोलले जानकारी दिनुभयो ।
नेवाः भाषा, कला, लिपि, संस्कृति, जात्रापर्व र संस्कारको विकास गर्न राज्य सत्तामा समुदायको पहिचान, पहुँच र प्रतिनिधित्वको ग्यारेन्टी हुनुपर्ने र यसको लागि संबिधान संशोधन गर्न दबाबमूलक अभियान अगाडि बढाउनुका साथै नेवाः समुदाय भित्रको अनेकतामा एकता हुनुपर्ने मूल सन्देश दिने उद्देश्य एकता दिवसको रहेको छ ।
२४ गते बिहान ससुख्यबाट साँस्कृतिक झाँकी र बाजागाजासहित ¥यालीले टोखा नगर परिक्रमा थनेलाछिमा पुगेर १५ औं अधिवेशन कार्यक्रम हुनेछ ।