टोखा टाइम्स, २० पुस, काठमाडौँ । टोखा युवा क्लवद्वारा टोखामा आयोजित ‘तेस्रो टोखा युवा राष्ट्रिय खुल्ला र्यापिड चेस प्रतियोगिता-२०८१’ सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधि क्यान्डिडेट मास्टर (सी.एम.) कृष्ण थापाले हात पारेका छन् । निकेन कौसठा दोस्रो र धिरेन राई तेस्रो बनेका छन् । त्यस्तै, खुल्ला प्रतियोगिता तर्फ राजन सुवेदी चौठौँ, कमल श्रेष्ठ पाँचौँ, क्यान्डिडेट मास्टर (सी.एम.) नवीन तण्डुकार छौठौँ, उमेश राई सातौँ, सन्देश श्रेष्ठ आठौँ, बद्रलाल नेपाल नवौँ र राजन पुरी दसौँ बनेका छन् ।
टोखा नगरपालिका ३ वडा कार्यालय र टोखा युवा वहुउद्देशीय सहकारी लिमिटेडको सहयोगमा टोखा युवा क्लवद्वारा आयोजित सो प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको चौठौँदेखि दसौं हुनेले नगद २/२ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, छौठौँदेखि दसै हुनेले ४ /४ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको टोखा स्तरीय तर्फ बेस्ट लोकल तर्फको पुरस्कार आशा नारायण महर्जनले हात पारेका छन् । बेस्ट भेन्ट्रान (५५ वर्ष उमेर माथी) तर्फ भागवती प्रसाद शर्मा, बेस्ट अनरेट रजिन महर्जन, बेस्ट ईलो १९०० राजिव कार्की, बेष्ट ईलो १८०० सुरज सिंह, बेष्ट ईलो १७०० राजिव रञ्जन,बेष्ट वमेन निलम कोईराला, बेष्ट अन्डर १६ मदन दहाल, बेष्ट अन्डर १४ दिपेन मैनाली, बेष्ट टोखा अन्डर १६ पुरूष अर्जुन पनियार, टोखा अन्डर १८ महिला निरूता पनियारले हात पार्न सफल भए ।
बेष्ट लोकलले नगद २ हजार र अन्यले १/१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको प्रमुख निर्णायक नेपाल बुद्धिचाल संघका इन्टरनेशनल आर्विटर ज्ञानेन्द्र खाइजु रहेका थिए ।
क्लवका अध्यक्ष तथा कार्यक्रमका सभापति राजीव श्रेष्ठको सभापतित्वमा समापन कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, टोखा नगरपालिका- ३ का वडाध्यक्ष रमेश डंगोल लगायतले पुरस्कार वितरण गरेका थिए । पुस १९ देखि सञ्चालित प्रतियोगितामा ११२ जना खेलाडी सहभागी थिए ।
टोखा नगरपालिका-३ वडा कार्यालय र टोखा युवा बहुउद्देश्शीय सहकारी संस्था लिमिटेडको सहयोगमा, काठमाडौं जिल्ला बुद्धिचाल संघ र टोखा नगर बुद्धिचाल संघको प्राविधिक सहयोगमा टोखा नगरपालिका ३ वडा कार्यालय प्राङ्गणमा आयोजित पुरस्कार वितरण समारोहमा टोखा नगरपालिका-३ कि शान्ता राई, क्लवका सल्लाहकार रामराज श्रेष्ठ, टोखा युवा बहुउद्देश्शीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष शान्ति श्रेष्ठ, टोखा नगर बुद्धिचाल संघ अध्यक्ष सुरज डंगोल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम लगायतको उपस्थिति रहेको थियो ।