• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ फाल्गुन २०७८, सोमबार


    बिज्ञापन
  • टोखा भगवतीका खेलाडीलाई खेल पोशाक तथा सामाग्री वितरण

    टोखा टाइम्स, काठमाडौँ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा जारी  सहिद स्मारक बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा सहभागि टोखा भगवती क्लवले खेलाडीलाई खेल पोशाक तथा सामाग्री वितरण गरेका छन् । सोमबार बेलुका खोलाडीहरुको मनोबल बढाउन आयोजित विशेष कार्यक्रममा खेलाडीहरुलाई  खेल पोशाक तथा सामाग्री वितरण गरेको हो ।

     

    पुर्व खेलाडी तथा क्लवका सल्लाहकार समेत रहेका मोटिभेटर डाक्टर प्रणय राणा तथा क्लवका पूर्व अध्यक्ष मनिष जोशीले खेलाडीलाई मनोबल बढाउने भनाइहरु राखेका थिए ।

    अनुशासन समिति संयोजक तथा क्लवका पूर्व अध्यक्ष रमेश नापितले अहिले सबै खेल प्रेमीहरु आगामी प्रतियोगितामा क्लवलाई ए डिभिजनमा देख्न चाहेको छ उहाँहरुले तपाईहरुमाथी आर्थिक तथा भौतिक लगानी गरिरहेको भन्दै खेलाडीहरुले अनुशासित रुपमा खेल खेलेर आगामी खेलहरु पनि जितेर देखाउने विश्वास लिएको बताए ।

     

    टिम कोच सैलेश कर्माचार्यले कार्यक्रममा बोल्दै कुनै पनि हालतमा बी डिभिजनको उपाधी जितेरै छाड्ने रणनीति र उच्च मनोबलका साथ अगाडि बढिरहेको भन्दै टोखाले हाम्रो टिम माथी गरेको आशा र भरोसालाई गिराउन दिने छैनौं, आगामी खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेर ए डिभिजनमा उक्लनेमा हामी विश्वसत रहेको  बताए ।

    सातदोबाटोस्थित एन्फा कम्पलेक्समा जारी  सहिद स्मारक बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा टोखा भगवतीले दुई खेल खेलिसकेका छन् । दुबै खेलमा विजयी हासिल गरेको क्लवले गोलको आधारमा ३ र खेलको आधारमा ६ अंक बटुलिसकेका छन् । क्लवले भोलि मगलबार दिउँसो नयाँ बस्ती युवा क्लवसँग तेस्रो खेल खेल्दै छ ।

     

    टोखा भगवती क्लवका अध्यक्ष इन्द्रराज जोशीको अध्यक्षतामा भएको विशेष कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु शेखर डंगोल, राजकाजी श्रेष्ठ, निरञ्जन डंगोल, अफिसियलद्वय आर्यन डंगोल, बिक्रम डंगोल तथा क्लवका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box