काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा टोखा भगवती क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा मंगलबार सम्पन्न तेश्रो खेलमा भगवती र नयाँबस्तीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको १४ औं मिनटमा रमेश तामाङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर खेलको ५० औं मिनटमा भगवतीका रामेश्वर राईले गोल गरेपछि खेल १-१ को बराबरीमा सकएिको थियो ।
यस बराबरीसँगै ३ खेलबाट ७ अंक जोडेको भगवती क्लब शिर्ष स्थानमा उक्लिएको छ । यस्तै समान खेलबाट २ अंक जोडेको बाँसबारी १० औं स्थानमा उक्लिएको छ ।
१४ क्लब सहभागी लिगका खेलहरु सिंगल राउण्ड रोबिन लिगको आधारमा हुनेछ । लिगको समाप्तिपछि शीर्ष दुई टोली लिगमा बढुवा हुने छन् भने दुई टोली रेलिगेसनमा पर्ने छन् ।