• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ माघ २०८१, मंगलवार


    बिज्ञापन

    सँ क्वय् दे : खोज्दै जाँदा

    हिक्मत डंगोल, टोखा टाइम्स, १ माघ । सबैलाई शालीनदी मेलाको चटारो छ। साँखुका मित्र इतिहासविद् प्रकाशमान सक्व जो साँखुको पुरातात्विक खोजमा अनवरत रूपले खटिरहनु छ, हामीलाई स्वागत गर्दे दुर्गाहिटीमा अडिएर शक संवत ४६० वामनदेव महाराजले वामन अवतारको मन्दिर बनाएको, गुठीका लागि जग्गा दान दिएको र यहां केही आईमाई नछुने भएपछि नुहाएको खण्डमा यो खाल्डोमा पानी अडिने कुरा सुनाउनु भयो। यस्तो महत्वपूर्ण शिलालेखलाई जोगीउनुको सट्टा उल्टै हम्मरले हानेर निमिट्यान पार्न खोजेको सुनाए।

    नेपाल सवंत ६७९ मा लेखिएको साल्खाटोलको शिलालेखमा राजा अमृत मल्लले साँखु राजधानी बनाएको, विभिन्न जात्रा, पुजा चलाउन पाटि पौवा निर्माण तथा गुठीकोलागि जग्गा दान दिएको उल्लेख छ । तर यी दुवै राजा कसका छोरा थिए, यी पछि कसले राज्य गरे भन्ने कुरा अझै ईतिहाँसको गर्भमै छ । त्यस्तै ने.सं.२९३ मा नेवारी भाषामा लेखिएको शिलालेख पनि भेटिएको छ । यस्तो शिलालेख विरलै भेटिन्छ ।वहांले एक्कै सासमा सुनाए।

    उपत्यकाको प्राचीन बस्ती हो साँखु । सन् २०१० मा नेपाल र जापानका भूगर्भविद्ले काठमाडौं उपत्यकाबारे अध्ययन अनुसन्धान गरेका थिए । उक्त अनुसन्धानले देखाएअनुसार उपत्यका तलाउ हुनुपहिला नै सबैभन्दा माथि थॅथु ग्राम टोखा र साँखुमा मानव बस्ती थियो । भूगर्भविद्को अध्ययनअनुसार उपत्यकाको तलाउ दुई पटक फुट्यो ।

    साँखुमा १४७० बर्ष पुरानो अंशुबर्मा कालीन शिलालेख छ । बुझ्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिंड भने झैं शंखरापुर नगरपालिकाले यस अमूल्य मूर्तीको संरक्षणका लागि बार लगाउने प्रयास गरेको थियो तर केही मानिसको स्वार्थीका कारण यसलाई संरक्षण गर्न सकेनन र कयौं मूर्तीहरू हराए। चोरी भयो। उनी दुखेसो पोख्छन्। आफूसँग भएको बहुमूल्य सामान नचिने वा प्रयोगमा नआए हुनु र नहुनुमा खासै फरक नहोला।उनी भन्छन्।

    पहिलोपल्ट ३० हजार वर्ष पहिला फुट्यो भने दोस्रोपल्ट १० हजार वर्षपहिला । अध्ययन अनुसार उपत्यका दह भएकै बेलामा वरिपरिका अग्ला भागमा मानव बस्ती बसिसकेका थिए । त्यतिबेला थने, दधु र क्वने भन्ने तीन बस्ती थिए । थने भनेको माथिको, दधु बीचको र क्वने भनेको तलको बस्ती हो । अध्ययनअनुसार थने टोखा र साँखु थियो । बीचको कुन थियो भन्ने यकिन भएको छैन । शिवपुरी शृंखलाको मध्य दक्षिणी फेदीको बूढानीलकण्ठ स्थित धोबी खोलामा पाषाणकालीन उपकरण फेला परेको तथ्यले उनीहरूको आश्रयस्थल शिवपुरीका कन्दराहरू पनि थिए भन्ने संकेत गर्छ ।

    नवपाषाणकालदेखि टोखा र सॅाखुमा नाग जातिको बसोबास देखिन्छ। टोखाको शिवपुरीमा भएको नाग गुफा र सॅाखुमा रहेको नागाँचा ले यहाँ नागको बसोबास भएको संकेत गर्छ।सॅाखुलाई प्राचीन कालमा “ सॅा दयॅा क्वे” अर्थात तिब्बत मुनिको देश भनेर चिनिथ्यो। तिब्बतसंगको ब्यापार यही ठाउबाट हुने भएकोले यसलाई तिब्बत मुनिको देश अर्थात सक्व दे : भनिन्थ्यो।ु
    सँ भनेको तिब्बत , क्वय् भनेको मुनि र दे: भनेको देश हो।

    हामी तीन जना म , प्रकाश दाई र बाबुलाल काका सॅाखुको टोल टोल घुमिरहंदा खासै पर्यटक भेटेनन। तर एक ठाउमा २/३ जना जापानीज पर्यटक आईमाई स्थानीयलाई कपाल काट्दै गरेको दृश्य हामीले देख्यौं। यहां पनि विदेसी पर्यटक भने विरलै भेटिन्छन, पुरानो बस्ती सॅाखुमा । टोखा नगरमा पनि यस्तै हालत छ। ३,३०० वर्ष पुरानो बस्ती टोखा र सॅाखुमा पर्यटकहरू खोज्नु भनेको आईसल्याण्डका सर्प खोजे जतिकै भएको छ। नेपालमा पर्यटनको विकास भएको आधी शताब्दी नाघिसक्दा पनि यी दुई पुरानो वस्तीले खासै फाईदा लिन सकेको छैन। पर्यटकहरूलाई टोखा र सॅाखुमा प्राचीन पर्व, मेला जात्रा, कला, संस्कृति, साहित्य संसारसामु पस्कन लायक, पर्यटक आकर्षण गर्ने सूची निकै लामो बन्न सक्छ। गएको वर्ष सिंगापुरले सन् २०२४ मा करिब ३ करोड पर्यटक भित्र्यायो। संसारका कैयन् मुलुकले धेरै फड्को मारी सक्दा पनि हामी भने वर्षौंदेखि अलमलिएर समय, स्रोतमै अमूल्य समय खेर फालिरहेका छौं।

    Facebook Comments Box