टोखा टाइम्स, २ माघ । टोखा-३ मा मातृ शिशु स्वास्थ्य, स्वच्छता तथा पोषण सम्बन्धि दुई दिने तालिम सुरू भएको छ । एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चले टोखा नगरपालिका २ र ३ का गर्भवती, शुत्केरी, स्वास्थ्य संयम सेविका तथा स्थानीय महिलाहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको हो ।
टोखा नगरलिकाका उपप्रमुख मुरारी तामाङले उद्घाटन गरेको कार्यक्रममा विशेष अतिथिद्वय टोखा नगर कार्यपालिका सदस्य शान्ता राई, वडासदस्य हरिकृष्ण श्रेष्ठ, चण्डेश्वरी आधारभूत स्वास्थ्य केन्द्र र सरस्वती स्वास्थ्य केन्द्रका स्वास्थ्य अभिमुखिकर्ताद्वय अनिल श्रेष्ठ र संजय कुसवाल लगायतको उपस्थिति रहेको थियो ।
उपप्रमुख तामाङले प्रत्यक्षलमानव स्वास्थ्यसंग दैनिक सरोकार राख्ने विषयमा तालिम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिंदै आगामी दिनहरूमा मानव स्वास्थ्य संग सरोकार राख्ने तालिम तथा कार्यक्रमहरू गर्न नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
टोखामा ११ वटा वडाछन्, ९९ जना स्वास्थ्य स्वयंसेवकीहरू हुनुहुन्छ उहाँहरूलाई लक्षित गरि विशेष तालिम दिन सके उहाँहरूले आफ्नो वडाहरूमा मातृ शिशु स्वास्थ्य, स्वच्छता तथा पोषण सम्बन्धि सचेतना दिनेमा प्रभावकारी हुनेछ उपमेयर तामाङले भन्नुभयो ।
मातृ शिशु स्वास्थ्य, स्वच्छता तथा पोषण सम्बन्धि जानकारी दिने उद्देश्यले टोखा २ र ३ वडाका गर्भवती, सुत्केरी महिला, स्वास्थ्य स्वयम् सेविका तथा महिलाहरूको उपस्थितिमा संयुक्तरूपमा तालिमको आयोजना गरिएको एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चका लेखा तथा प्रवन्धककर्ता एकलाल न्यौपानेले बताउनुभयो ।
टोखा नगरपालिका-३ को सभाहलमा आयोजित दुई दिने तालिम कार्यक्रम टोखा चण्डेश्वरी र सरस्वती आधारभुत स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ७५ जनाभन्दा बढीको सहभागिता रहेको एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चको कोषाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ ।