टोखा टाइम्स, १० माघ । टोखा नगरपालिका-२ तपलाछिस्थित दुई गुठी घरको शिलान्याश सम्पन्न भएको छ । आज बिहिवार वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले झ्याली र यतु गुठी भवनको शिलान्याश गरेका हुन ।
मौलिक कलात्मक शैलिमा पुनर्निर्माण गरिने लागेको उक्त भवनको शिलान्यास कार्यक्रममा कार्यवाहक अध्यक्ष अमर डंगोल, वडा सदस्य आर्यन डंगोल, गुठीका सदस्य लगायतको उपस्थित रहेको थियो ।
वडा कार्यालयको गौरवको योजनाको रूपमा बन्न लागेको उक्त भवनको लागि आर्थिक वर्ष २०८१/०८२ साठी लाख रूपैयाँ बजेट विनियोजित गरिएको कार्यवाहक अध्यक्ष अमर डंगोलले बताए ।
तीन तल्लाको बन्ने भवनको क्षेत्रफल ५३५.५५ वर्गमिटर रहेको छ । आगामी दशैंसम्ममा निर्माण सम्पन्न गर्ने गरि पापी पेट निर्माण सेवाले काम सुरू गरेको प्राविधिक ई. उमेश श्रेष्ठले बताए ।
झ्याली र यतु गुठी घर एकआपसमा जोडिएकोले दुवै भवनलाई समावेश गरि एउटै डिजाइनमा निर्माण गरिन लागेको हो । वडा कार्यालयले आफ्नो वडामा रहेको सम्पदाहरूको संरचनालाई मौलिक स्वरूप दिने अभियानलाई निरन्तरता दिँदै आएको छ ।