टोखा टाइम्स, ११ फागुन । टोखाको सायक्वमा अवस्थित डिभाइन स्कुलको १२ औं वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलका व्यवस्थापन समितिका अध्यक्ष मनिष जोशोको सभापतित्वमा सम्पन्न कार्यक्रममा खगोल वैदिक गणितका विशेषज्ञ डाक्टर जयन्त आचार्य प्रमुख अतिथि रहेका थिए भने विद्यालय संचालक समिति अध्यक्ष तथा टोखा-२ वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा शिक्षा शाखा प्रमुख बाबु राम गौतम विशिष्ट अतिथि, क्याप्टेन विजय लामा, विभिन्न विद्यालयका प्राचार्यहरु अतिथि रहेका थिए ।
शनिबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
फुटवल खेलाडी भुजेल र शाही सम्मानित
कार्यक्रममा नेपाली फुटवल खेलाडी हीरा भुजेल र दिपा शाहीलाई सम्मान गरेको थियो । खेलाडी भुजेल र शाहीलाई जनही नगद पाँच/पाँच हजार नगद सहित सम्मान गरिएको थियो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिष जोशीले खलाडी प्रोत्साहन स्वरुप एडिडासको जुत्ता प्रदान गरिएको थियो । तस्वीर : सुकराम श्रेष्ठ