• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२४ चैत्र २०७८, बिहीबार


    बिज्ञापन
  • आज दोस्रो सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी हुँदै

    टोखा टाइम्स । ‘स्थानीय महिला सीप प्रवर्द्धनलाइ प्रोत्साहन गरौं, महिला सशक्तिकरणमा टेवा पुर्‍या‍‍औं` भन्ने मुलनाराका साथ टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा ‘दोस्रो सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी-२०७८’ आज बिहिबार हुँदैछ ।

    नेवारी खानाको परिकारका साथै टोखा-२ वडामा रहेका महिला समूहलाई नगरपालिका तथा वडाले आयआर्जनका लागि सञ्चालन गरिएको सीपमूलक तालिम पश्चात् उत्पादित सामाग्रीहरूको प्रदर्शनी तथा बिक्रीवितरण गरिने कार्यक्रम संयोजक पञ्च कुमारी श्रेष्ठले बताउनु भयो ।

     

    महिलाको सीप बिकास गरी आर्थिक बिकासमा टेवा पुर्याउने वातावरण आधार प्रदान गर्नुका साथै परम्परागत सीप विकास गरी स्थानीय सामाग्रीको प्रदर्शनी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक श्रेष्ठले बताउनु भयो ।

     

    टोखा गणेशस्थान परिसरमा दिउँसो १ बजेदेखि शुरू हुने महोत्सव तथा प्रदर्शनी अवलोकन गरी महिला दिदीबहिनीहरुको सीप र प्रतिभालाई प्रोत्साहन गर्न सबैमा श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

    Facebook Comments Box