टोखा टाइम्स ।टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका सुरोज महर्जनले हात पारेका छन्।
शनिवार सम्पन्न भएको छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लव चेस च्याम्पियनसिपमा ललितपुर स्पोर्ट्स क्लवबाट खेलेका सुरोजले अन्तिम चरणको खेलमा काठमाडौका धिरेन राईलाई पराजित गरे। काठमाडौका सुदिप तामाङ दोस्रो र धिरेन राई तेस्रो स्थानमा रहेर क्रमशः १० हजार र ७ हजार नगद पुरस्कार पाउन सफल भए । टोखा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा संचालन भएको प्रतियोगितामा झापाका शुसुरत दाहाल चौथो र सुमन लामा पाँचौ स्थानमा रहे । उत्कृष्ट लयमा रहेका सुरोजले आठ खेलमा जित निकालेका थिए भने छैटौं चरणको खेलमा शुसुरत दाहालसंग पराजित भए।उनले नगद १५ हजार हात पारे।साढे ७ अंक जोडेका सुदिपले नवौ चरणको खेलमा बिनय राइलाई हराएका थिए।साढे ७ अंक नै भए पनि धिरेन सुदिपसंग प्रोग्रेसिभ अंकमा पछाडि परे। शुसुरतले ५ हजार र सुमनले ४ हजार नगद पाए।
