• ४८ वर्षपछि आज टोखामा पचली भैरव १२ वर्षे खड्गसिद्धि नाच

    टोखा टाइम्स, टोखा । टोखामा श्री पचली भैरव १२ वर्षे खड्गसिद्धि नाच आजबाट नचाउने भएको छ ।

    टोखा नगरपालिका तथा २ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको व्यवस्थापनमा तथा नेवाः गुथि टोखाको सह व्यवस्थापनमा ४८ वर्षपछि पचली भैरवको नाच टोखामा नचाउन लागेको टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताउनु भयो ।

    ४८ वर्षपछि नचाउन लागेको पचली भैरव १२ वर्षे खड्गसिद्धिको नाच आज र भोलि (माघ १२ र १३ गते) शुक्रबार साँझ र शनिबार दिनभरि टोखाको थनेलाछिमा नचाउने श्रेष्ठले जानकारी दिनु भयो ।

    पचली भैरव देवी नाचका टोलि आज दिउँसो ४ बजे टोखाको मूःध्वाखामा आइपुग्ने छन् । बाजागाजा सहित स्वागत गरी गणेशस्थानमा रहेको गणेश मन्दिरमा ल्याइने र गणेश मन्दिरमा विधिवत पूजा तथा तयारी सम्पन्न पश्चात टोखा नगर परिक्रमा गरी थनेलाछिमा पुगि गंछी प्याखँ नाच शुरु हुनेछ । त्यस्तै, भोलि अर्थात शनिबार बिहान १० बजेदेखि पुन विधिवत रुपमा देवी नाच शुरु हुनेछ । देवी नाच सम्पान्न पश्चात शनिबार नाच टोलिलाई टोखाबाट बिदाई गरिने छ ।

    Facebook Comments Box