• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२८ चैत्र २०८१, शुक्रबार


    बिज्ञापन

    बिस्का: जात्राको अन्तिम तयारी बैठक सम्पन्न, जात्रा मूल व्यवस्थापन समिति तथा उपसमिति गठन

    टोखा टाइम्स, २९ चेत्र, काठमाडौं । ऐतिहासिक साँस्कृतिक नगरी टोखाको मौलिक परम्परागत सपनतिर्थ मेला तथा बिस्काः जात्रा २०८२ को अन्तिम तयारी बैठक सम्पन्न भएको छ ।

    शुक्रबार तलेजु मन्दिर प्राङ्गणमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको संयोजनमा बसेको बैठकले बिस्का: जात्रा व्यवस्थापनका लागि टोखा बिस्का: जात्रा मुल व्यवस्थापन समिति र उपसमितिहरूको समेत गठन गरिएको छ ।

    टोखा बिस्का: जात्रा मुल व्यवस्थापन समितिमा संरक्षक टोखा नगरपालिका प्रमुख, उपप्रमुख प्रशासनिक प्रमुख, टोखा-२ र ३ का जनप्रतिनिधिहरू तथा निवर्तना उपप्रमुख र वडाध्यक्ष रहेका छन् । टोखा संस्कृति संरक्षण क्षेत्र बिकास समितिका अध्यक्षको संयोजकत्व सम्पुर्ण कामकारबाही गर्ने गरी गठित मूल व्यवस्थापन समितिमा तलेजुका मूल नायो: र नेवाः गुथि टोखाको सह संयोजन तथा टोखामा क्रियाशील विभिन्न राजनीतिक दल, संघसंस्था, द्यः खल:, बाजा खल:, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपाल स्काउटका प्रतिनिधि समेतको सदस्य रहेका छन् ।

    बैठकले जात्रा अवधिभर शिष्ट, मर्यादित र संयमित भएर भव्य र सभ्यरूपमा मनाउन सम्पुर्ण टोखा बासिहरूमा अनुरोध गरिएको थियो । भने, जिम्मेवारी पाएका प्रतिनिहरूले कर्तव्य निष्ठ भरए आ-आफ्नो जिम्मेवारी वहन गर्न सबैमा आग्रह गरिएको थियो ।

    बस्ती बाहिर र भित्र सवारी पार्किङको व्यवस्थापन, टोखा प्रवेश गर्ने सडकहरूको मर्मत, सम्भार तथा यातायात रूटको व्यवस्थापन गर्ने, खट तथा बाजाहरूको व्यवस्थापनमा बैठक मुख्य केन्द्रित रहेको थियो ।

    उक्त बैठकमा जात्राको समय तालिकासमेत सार्वजनिक गरिएको थियो ।

    Facebook Comments Box