• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ जेष्ठ २०८२, आईतवार


    बिज्ञापन

    टोखा नगरपालिका–२ मा एक हप्ते नेपालभाषा उद्घोषण तथा भाषण तालिम

    ४ जेठ, टोखा टाइम्स । टोखा नगरपालिका–२ मा एक हप्ते नेपालभाषा उद्घोषण तथा भाषण तालिम कार्यक्रमको शुभारम्भ भएको छ ।

    टोखा नगरपालिका–२ को आयोजना तथा नेवाः गुथि टोखाको सहकार्य आयोजित तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आजका कार्यवहाक वडाध्यक्ष आर्यन डंगोलले व्यक्तिको व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने कला भनेको नै उद्घोषण भएको बताए ।

    साथै उनले यस किसिमको तालिमले आफूमा निहित प्रतिभाको प्रस्टफुटन गर्दै टोल,समाजको दिशानिर्देशनमा समेत योगदान गर्न सक्ने नेतृत्वदायि क्षमता अभिवृद्धि गर्ने बताए ।

    ‘म गर्छु, म सिक्छु’ भने भावनाले तालिम अवधिभर अनुशासित भएर नियमित तालिममा सहभागिहुन आग्रह गर्दै ७ दिने तालिम अपुग रहेको भन्दै आगामी दिनमा एडभान्स तालिमको लागि आर्थिक वर्षमा वजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उद्घोषण प्रशिक्षणका वरिष्ठ संचारकर्मी राजु नापितको प्रशिक्षणमा सञ्चालन हुने एकहप्ते तालिम अवधिमा नेपालभाषाबाट कसरी उद्घोष र भाषण गर्ने भन कला आधारभूत सिद्धान्तदेखि व्यावसायिक शैलीसम्मको ज्ञान र अभ्यास दिने जानकारीसंगै तालिमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै तालिमको क्रममा सिकेका सिपलाइ व्यवाहरमा कार्यान्वयन गर्नुपर्ने बताए ।

    नेवाः गुथि टोखाका वरिष्ठ उपाध्यक्ष रामलाल महर्जन तथा संस्कृति क्षेत्र बिकास समिति सदस्य सचिव रविना श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिए ।

    सात दिनसम्म वडा कार्यालयको सभाहलमा प्रशिक्षण कार्यक्रम हुनेछ । उद्घाटन कार्यक्रमको वडा सचिव शालिक राम गौतमले सञ्चालन गरेका थिए ।

    Facebook Comments Box