टोखा टाइम्स, ६ जेठ, काठमाडौँ । टोखा नगरपालिका श्री भगवती युवा क्लब ए डिभिजनमा बढुवा भएको छ । काठमाडौँमा जारी शहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) ब्वाइज युनियन क्लवलाई पराजित गर्दै टोखा पहिलो पटक ए डिभिजनमा उक्लिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा टोखाले ब्वाइज युनियन क्लवलाई २–१ ले पराजित गर्दै लिगको एक खेल अघिनै ए डिभिजनमा पुगेको टोखा नगरपालिका श्री भगवती युवा क्लबका आर्थिक संयोजक दिपक राज जोशीले जानकारी दिनुभयो ।