टोखा टाइम्स, टोखा, १८ जेठ ।
टोखा नगरपालिका-२ वडा कार्यालय भोलि (सोमबार) बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गर्नेभएको छ । ‘विश्व वातावरण सप्ताह २०२५’ को अवसरमा ग्वोलोवल आइएमई बैंकको सहयोगमा उक्त कार्यक्रम हुनलागेको हो ।
“हामी सबैको संकलप- स्वच्छ, हरित र प्लाष्टिक मुक्त भविष्य निर्माण” को नारासहित हुन लागेको उक्त वृक्षारोपन कार्यक्रमको सुभारम्भ टोखा-२ स्थित सामुदायिक विद्यालय चण्डेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट हुने वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ बताउनुभयो ।
सोमबार विहान ७:४० बजे शुरू हुने उक्त कार्यक्रममा स्थानीय वडाबासी, संघसंस्था, विद्यालय तथा राजनीतिक दलका प्रतिनिधि सहित उपस्थित हुन वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले आग्रह समेत गर्नुभयो ।
वडाको सामुदायिक तथा नीजि विद्यालय, सार्वजनिक स्थलहरूमा वृक्षारोपण गर्ने योजना रहेकोले इच्छुक विद्यालय, संघसंस्था र व्यक्तिले कार्यालय समयमा वडाकार्यालयमा सम्पर्क गर्न सकिने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।