• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२८ जेष्ठ २०८२, मंगलवार


    बिज्ञापन

    टोखामा लागुऔषध कारोबार गर्ने चार जना भारतीय नागरिक प्रक्राउ

    टोखा टाइम्स, २७ जेठ । टोखाको ग्राण्डी अस्पताल नजिक झुडोलमा गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । तिनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।

    उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुई प्रहरी पनि घाइते भएका छन् । रविन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका हुन् ।

    सबै टिभि अन्नपूर्णबाट

    Facebook Comments Box